
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले आगामी आमनिर्वाचनमा पार्टीलाई बहुमत दिलाउन आफूले मंसिर ९ गतेदेखि हुने पार्टीको १४औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेको बताएका छन्।
नयाँ बानेश्वरस्थित थापागाउँको वानेश्वर बैंक्वेटमा सभापति उम्मेदवारीको तयारीको क्रममा खोलिएको सम्पर्क कार्यालयको उद्घाटन गर्दै उपसभापति निधीले आफ्नो सभापतिको उम्मेदवारी आमनिर्वाचनमा कांग्रेसलाई बहुमत दिलाउने उदेश्यले गरिएको बताए।
कांग्रेस र मतदाताबीचको सम्बन्ध अझ प्रगाढ बनाउनको लागि आफूले उम्मेदवारी दिएको भन्दै निधीले आफूले कसैलाई पराजित गर्नका लागि उम्मेदवारी दिन लागेको नभइ पार्टी र जनताको हितका लागि उम्मेदवारी दिएको बताए।
गुट–उपगुटभन्दा माथि उठेर कांग्रेस एक हुनुपर्ने माग भएको भन्दै निधिले कांग्रेसले मात्रै संविधानको अपनत्व, देशको जिम्मा लिन सक्ने बताए।
कांग्रेसको रुख छापलाई मतदाता र जनतासँग जोड्न, हिमाल, पहाड, तराईलाई जोड्न, झापादेखि कञ्चनपुरलाई जोड्न, सबै जात–जातिको मनमा रुख छाप हाम्रो हो, कांग्रेस हाम्रो हो र लोकतन्त्र हाम्रै लागि हो भन्ने विश्वास दिलाउनकै लागि आफ्नो उम्मेदवारी रहेको घोषणा गरे।
उपसभापति निधीले अवको हप्ता दिनमा ६७४३ वटा वडा अधिवेशन हुने भएकोले सबै जिल्लामा क्रियाशिल सदस्यताको नामावली सार्वजनिक गरिनु पर्छ भन्ने पार्टीका नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको मागप्रति ऐक्यवद्धता व्यक्त गरे।
उनले आफ्नो व्यक्तिगत जीवनलाई राष्ट्रिय राजनीतिमा चिनाउन २०३६ सालमा भएको नेविसंघको महाधिवेशनमा अध्यक्षमा निर्वाचित गराउन भूमिका खेलेका पार्टीका संस्थापक बीपी कोइरालाको योगदान, सहयोग र भरोसा जीवनभर स्मरणीय रहेको बताए।
यसअघि निधीले सम्पर्क कार्यालयको उद्घाटन शुपतिनाथ,जानकी, दक्षिणकाली, बगलामुखी, डोलेश्वर लगायत विभिन्न पबित्र मन्दिरका पुजारी तथा पण्डितहरूबाट गराएका थिए। निधीले आयोजना गरेको सम्पर्क कार्यालय उद्घाटन र उम्मेदवारी घोषणा सभामा पार्टी संस्थापन र संस्थापनइत्तर पक्षका एक दर्जन जिल्ला सभापतिहरुको उपस्थिति थियो।
सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा पूर्वमन्त्री तथा पत्रकार महासंघका पूर्वसभापति होमनाथ दाहाल, बरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल, कांग्रेस डडेलधुराका जिल्ला सभापति कर्ण मल्ल, धादिङका सभापति रमेश धमला, पर्षाका सभापति अजय द्धिवेदी, धनुषाका पूर्वसभापति तथा २ नम्वर प्रदेश सरकारका मन्त्री रामसरोज यादव, काभ्रेका सभापति मधु आचार्य, नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसी लगायतको उपस्थिति थियो ।
भिडियाे…
भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित उत्साहित सुधार गृहमा एक युवकको मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको छ । सुधार गृहमा...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने...
काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...