मन्त्रिपरिषद् बिस्तार बारे प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच छलफल – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

मन्त्रिपरिषद् बिस्तार बारे प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच छलफल


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा, माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच मौजुदा सरकार बिस्तार गर्ने विषयमा छलफल भएको छ।


प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा आइतबार विहान भएको छलफलमा मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल भएको वालुवाटार स्रोतले जनायो। गत असार २९ गते प्रधानमन्त्री भएका देउवाले सरकारलाई पूर्णता दिन ढिलाइए भएको भन्दै आलोचना भइरहँदा मन्त्रिपरिषद् विस्तारका विषयमा तीन शीर्ष नेताबीच भेट भएको हो।

मन्त्रिपरिषदमा कांग्रेसका तीन र माओबादीका २ सदस्य मात्र छन्। सरकारले ल्याएको अध्यादेशका आधारमा एमाले विभाजन भइ एकीकृत समाजवादी गठन भएपछि मन्त्रिपरिषद् विस्तार गर्न सत्तापक्षीय गठबन्धनका नेताहरूले सक्रियता देखाएका हुन्। अव मन्त्रिपरिषद् बिस्तार हुँदा नेपाल नेतृत्वको नेकपा एकीकृत समाजबादी र उपेन्द्र यादव नेतृत्वको जनता समाजबादी पार्टी पनि सहभागी हुने भएको छ।

सम्बन्धित समाचार

भक्तपुरको सुधार गृहमा युवकको मृत्यु
भक्तपुरको सुधार गृहमा युवकको मृत्यु
  • २०७८ भाद्र १३, १२: १२

भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित उत्साहित सुधार गृहमा एक युवकको मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको छ । सुधार गृहमा...

महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन : कांग्रेस सभापति थापा
महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन : कांग्रेस सभापति थापा
  • २०७८ भाद्र १३, १२: १२

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने...

ग्यासको कालोबजारी रोक्न अनुगमन
ग्यासको कालोबजारी रोक्न अनुगमन
  • २०७८ भाद्र १३, १२: १२

काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...