
काठमाडौं । नवगठित नेकपा एकीकृत समाजवादी पार्टीको संघीय संसदीय दलको नेतामा पार्टीका अध्यक्ष माधवकुमार नेपाल सर्वसम्मत चयन भएका छन्।
नेकपा एकीकृत समाजवादी संसदीय दलको आइतबार संसद भवन नयाँ बानेश्वरमा बसेको बैठकले नेपाललाई दलको नेता चयन गरेको सांसद रामकुमारी झाँक्रीले जानकारी दिइन्। राष्ट्रिय सभा संसदीय दलको नेतामा भने बेदुराम भुषाल सर्बसम्मतले चयन भएका छन् ।
नेकपा एमालेबाट अलग भएर नेता नेपालको अध्यक्षतामा गत भदौ ९ गते नेकपा एकीकृत समाजवादी पार्टी दर्ता भएको थियो। संसदीय दलको बैठकले पार्टीको प्रमुख सचेतक र सचेतकमा कसलाई चयन गर्ने भन्ने निर्णय नगरी त्यसको जिम्मा अध्यक्ष नेपाललाई नै दिएको छ।
नेता नेपालसँग ३० सांसद रहेका छन्। एकीकृत समाजबादी पार्टी चाँडै देउवा नेतृत्वको सरकारमा सहभागी हुने तयारीमा छ। त्यसको लागि आइतबार बसेको संसदीय दलको बैठकले नेता नेपाललाई सरकारमा जाने मन्त्री छान्ने जिम्मेवारी पनि दिएको छ।
बैठकले बैठकले संसदीय दलको विधान निर्माण गर्न सांसद भवानी खापुङ, लक्ष्मी चौधरी, निरा जैरु, शेरबहादुर कुँवर र खगेन्द्रप्रसाद पुरी रहेको एक समिति गठन गरेको छ। दलको बैठकले कोभिड नियन्त्रण, बाढी पहिरो प्रभावितलाई राहत तथा उद्धारका लागि सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ।
काठमाडौं : भारतले बाढी तथा पहिरो प्रभावित नेपालका नागरिकका लागि दोस्रो खेपमा ३७.५ टन मानवीय सहायता तथा विपद् राहत सामग्री,...
काठमाडौँ : चीनको तिब्बत हुँदै रसुवाको भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाउनेको संख्या ३५९ पुगेको छ । नेपाल प्रहरीले दिएको...
काठमाडौं : सर्वोच्च अदालतले नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिटमा अन्तरकालीन आदेश...