
काठमाडौं । निर्वाचन आयोगले नेकपा एमालेबाट अलग भई बनेको नेकपा (एकीकृत समाजवादी) र जनता समाजबादी पार्टीबाट अलग भई बनेको लोकतान्त्रिक समाजबादी पार्टीमा जान चाहने दुई दलका जनप्रतिनिधिलाई भदौ आगामी भदौ २२ गतेसम्म दल रोज्न समय तोकेको छ ।
निर्वाचन आयोगले आइतबार दुई दलबाट अलग भइ गठन भएको दलहरुको विषयमा निर्णय सार्वजनिक गर्दै एमाले र जसपाबाट अलग भइ गठन भएका ति दलमा जान चाहने प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिहरुलाई भदौ २२ गते साँझ ५ बजेसम्मको समय दिएको हो ।
त्यसका लागि नयाँ पार्टीमा जान चाहने जनप्रतिनिधिहरुले भदौ २२ गते बेलुका ५ बजेसम्म निर्वाचन कार्यालयबाट सनाखत गरिसक्नुपर्ने हद म्याद तोकिएको हो।
यसअघि सनाखतमा छुटेका संघीय संसदका सांसदहरुले भने अब दल बदल गर्न नपाउने निर्वाचन आयोगले जनाएको छ। तर, अध्यादेश अनुसार प्रदेश सांसद र स्थानीय जनप्रतिनिधिहरुले भने नयाँ दल दर्ता प्रक्रिया शुरु भएको मितिले २१ दिनभित्र नयाँ दल रोज्न पाउँछन्।
काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, वृक्षरोपण तथा...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) २०२६ को मिति सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार बेलुका एनपिएलको...
काठममडौं : नेपाल राष्ट्र बैंकले आजका (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...