गगन थापाले महामन्त्रीमा उम्मेदवार हुने घोषणा गरे – Naya Bikalpa
August 27, 2026, Thursday      Epaper

गगन थापाले महामन्त्रीमा उम्मेदवार हुने घोषणा गरे


काठमाडौं । नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले पार्टीको १४औं महाधिवेशनमा आफूले पुनः महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

पार्टीको १३औं महाधिवेशनमा पार्टीका नेता कृष्णप्रसाद सिटौलाको प्यानलबाट महामन्त्रीमा उम्मेदवार बनी ५ सय ८४ मत ल्याएर तेश्रो भएका थापाले यो पटक पुनः महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।

आफ्नो बसोबास रहेको काठमाडौं महानगरपालिका वडा नम्बर ३० का अगुवा कार्यकर्ताको भेलालाई सोमबार संवोधन गर्दै युवा नेता थापाले यो पटक सभापतिका कुन उम्मेदवारको प्यानलबाट उम्मेदवारी दिने हो भन्ने विषयमा भने केही खुलाउन चाहेनन्।

थापाले उम्मेदवारी घोषणाका लागि आफू स्थायी वासिन्दा भएको महानगरको ३० नम्वर वडा आफ्नो लागि पवित्र स्थान भएको बताउँदै भने, ‘मेरो वडा र अग्रजहरू बीचमा गौरवका साथ १४ औं महाधिवेशनमा नेपाली काँग्रेसको महामन्त्रीको घोषणा गर्छु।’

१३औं महाधिवेशनमा महामन्त्रीमा उम्मेदवार हुँदा ससुरा अर्जुननरसिंह केसी शेरबहादुर देउवा समूहबाट र डा. शशांक कोइराला रामचन्द्र पौडेल प्रतिष्पर्धामा थिए। महामन्त्रीमा ससुरा केसीसँगै थापा पनि पराजित भएका थिए।

सम्बन्धित समाचार

भारतले दोस्रो खेपमा ३७.५ टन राहत सामग्री पठायो
भारतले दोस्रो खेपमा ३७.५ टन राहत सामग्री पठायो
  • २०७८ भाद्र १४, १६: ४३

काठमाडौं : भारतले बाढी तथा पहिरो प्रभावित नेपालका नागरिकका लागि दोस्रो खेपमा ३७.५ टन मानवीय सहायता तथा विपद् राहत सामग्री,...

रसुवा बाढी : ३५९ जनाको शव फेला
रसुवा बाढी : ३५९ जनाको शव फेला
  • २०७८ भाद्र १४, १६: ४३

काठमाडौँ : चीनको तिब्बत हुँदै रसुवाको भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाउनेको संख्या ३५९ पुगेको छ । नेपाल प्रहरीले दिएको...

चुनदेवी कांग्रेसलाई अर्को झड्का : सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
चुनदेवी कांग्रेसलाई अर्को झड्का : सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
  • २०७८ भाद्र १४, १६: ४३

काठमाडौं : सर्वोच्च अदालतले नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिटमा अन्तरकालीन आदेश...