
काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले आफूले एमाले फुटाएको नभई विद्रोह गरेको बताएका छन्।
मित्र राष्ट्र भारतमा साढे २ महिनासम्म बसेर मृगौला प्रत्यारोपण गरी सोमबार स्वदेश फर्किएका बरिष्ठ नेता खनालले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नवौं महाधिवेशनपछि अहंकारी गुटले एमालेको नेतृत्व कब्जा गरेको र अध्यक्ष ओलीले पार्टीलाई दक्षिणपन्थी अवसरवाद, अहंकारवाद, व्यक्तिवादमा लगेकाले विद्रोह गर्नु परेको बताए।
पूर्वप्रधानमन्त्री खनालले आफ्नो जीवन नाफाको भएको बताउँदै ७१ वर्ष लागिसकेकाले अब कार्यकारी पदमा दाबी नगर्ने र देश, रा्ष्ट्रियता र कम्युनिस्ट आन्दोलनको विकास र विस्तारमा काम गर्ने घोषणा गरे।
खनाललाई स्वागत गर्न नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, बेदुराम भुसाल, मुकुन्द न्यौपाने, प्रमेश हमाल, राजेन्द्र पाण्डेलगायतका नेताहरु विमानस्थल पुगेका थिए। विमानस्थलबाट बाहिरिँदा ह्वील चेयरमा बसेका खनालले ह्वीलचेयरमै बसेर सम्बोधन गरेका थिए।
आफ्नो उपचारमा सहयोग गरेकामा खनालले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेल, हालका प्रधानमन्त्री शेरबहादुर देउवा, माधवकुमार नेपाल र सत्तारुढ गठबन्धनका नेताहरुलाई धन्यवाद दिएका थिए।
खनालले आफूलाई जेठीसासुकी छोरी मेरिना चित्रकारले मिर्गौला दिएको जानकारी दिए। मिर्गौला प्रत्यारोपणपछि आफूले पहिलेभन्दा पनि ताजा महसुस गरेको खनालले बताए।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...