
काठमाडौं । तत्कालिन नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेतामा सर्बसम्मत चयन भए लगतै गत भदौ २ गते मुख्यमन्त्री भएकी अष्टलक्ष्मी शाक्यको पद १४ दिनमै अल्पमतमा परेकी छन्।
एक सय १० प्रदेशसभा सदस्य रहेको बागमती प्रदेशमा तत्कालिन नेकपा एमालेसँग बहुमत अर्थात ५७ जना सांसद थिए। तर, तत्कालिन नेकपा एमालेबाट अलग भई माधव कुमार नेपालको नेतृत्वमा गठन भएको नेकपा एकीकृत समाजवादीमा बागमती प्रदेशका १२ सदस्य प्रवेश गरेसँगै मुख्यमन्त्री शाक्यको पद धरापमा परेको हो।
५७ सदस्यीय एमाले संसदीय दलका ११ सदस्य नयाँ दल नेकपा एकीकृत समाजबादीमा जाने भनी मंगलबार निर्वाचन आयोगमा गएर सनाखत गरेपछि शाक्यको मुख्यमन्त्री पद धरापमा परेको हो।
प्रदेश निर्वाचन कार्यालय, हेटौंडामा उपस्थित भइ एमालेका प्रदेशसभा सदस्य राजेन्द्र पाण्डे, मुनु सिग्देल, रमा आले मगर, लक्ष्मण लम्साल, बसुन्धरा हुमागाईं, माधव पौडेल, वसन्त मानन्धर, पार्वती सिलवाल, कुसुम कार्की, इन्द्रमाया गुरुङ र राजेन्द्रमान श्रेष्ठले एकीकृत समाजवादीका नाममा सनाखत गरेका हुन्।
अष्टलक्ष्मी शाक्यले नियुक्त गरेकी सामाजिक विकास मन्त्री कृष्ण खनाल भने यसअघि नै एकीकृत समाजबादीको केन्द्रीय सदस्यमा रहेको सनाखत निर्वाचन आयोगमा भइसकेको छ।
काठमाडौं : देशभर आज दिउँसो साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र...
काठमाडौं : प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बिहान ११ बजे सिंहदरबारमा बस्ने बैठकमा विभिन्न चार वटा मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित...
काठमाडौं : पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधिशद्वय नहकुल सुबेदी र बाबुराम ढकालको इजलासले...