
काठमाडौं । नेपाल राष्ट्र बैंकले शेयर धितो राखेर एक व्यक्ति वा परिवारले बैंकबाट बढीमा १२ करोड रुपैयाँ मात्र ऋण लिन नपाउने व्यवस्था मौद्रिक नीतिमार्फत सार्वजनिक गरेपछि नेपालको शेयर बजार ओरालो बाटोमा लागेको छ।
३२०० अंक नजिक पुगेको नेप्से सूचक नेपाल राष्ट्र बैंकले शेयर धितोको ऋणमा नियन्त्रण गरेपछि शेयर ओरालो लागेर २९७५.८४ को बिन्दुमा झरेकोछ। ऋणमा नियन्त्रण गरेपछि नेप्से करिव २ सय २४ अंकले घटिसकेको छ। ठूला लगानीकर्ता १२ करोडको ‘प्रेसर’मा परेका कारण नेप्से ओरालो लाग्न थालेको हो।
एक वर्षभित्रमा १२ करोडमा झार्नु पर्ने शेयर धितोकर्जा अहिले नै १२ करोडमा झार्नुले नेप्सेमा गिरावट आएको लगानीकर्ताहरु बताउँछन्।
मंगलबार नेप्से परिसूचक २.२७ प्रतिशत अर्थात ६९.०५ अंक घटेर २९७५.८४ विन्दुमा झरेको छ। पछिल्ला २५ कारोबार दिन ३००० विन्दुभन्दा माथि रहेको नेप्से, यस दिन तल झरेको हो।
गत साउन ७ गते १८.७५ अंक बढेर ३००४.३२ विन्दुमा उक्लिएको नेप्से, पछिल्लो २५ कारोबार दिनपछि पहिलो पटक ३००० विन्दुभन्दा तल झरेको हो। सो २५ दिनको अवधिमा नेप्सेले ३१९८.६० विन्दुको अलटाइम हाइ क्लोजिङ्गको रेकर्ड बनाएको छ। गत भदौ २ गते नेप्सेले सो रेकर्ड बनाएको थियो। त्यसपछिका अधिकांश दिनहरुमा नेप्से घटेर बन्द भएको छ।
यसरी नेप्से निरन्तरजसो ओरालो लाग्दा बजारमा डाउनट्रेण्ड शुरु भएको हो कि भन्ने आशंक लगानीकर्ताहरुले गर्न थालेका छन्। यद्यपि, विश्लेषकहरु भने यस गिरावटलाई करेक्सनको संज्ञा दिइरहेका छन्।
यस दिन सेन्सेटिभ इण्डेक्स १२.३४ अंक घटेको छ। त्यसैगरी, यस दिन फ्लोट इण्डेक्स ४.५५ अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ४.०९ अंक घटेको छ। यस दिन २२७ कम्पनीको १ लाख ३० हजार ७७४ पटकको कारोबारमा १३ अर्ब २५ करोड ९६ लाख ९६ हजार रुपैयाँ बराबरको २ करोड ३१ लाख ९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, वृक्षरोपण तथा...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) २०२६ को मिति सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार बेलुका एनपिएलको...
काठममडौं : नेपाल राष्ट्र बैंकले आजका (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...