कमेडी च्याम्पियनका निर्देशक विशाल इमेज टिभीमा आबद्ध – Naya Bikalpa
August 14, 2026, Friday      Epaper

कमेडी च्याम्पियनका निर्देशक विशाल इमेज टिभीमा आबद्ध


काठमाडौं । हाल निकै चर्चाको शिखरमा पुगेको हाँस्य व्यङ्ग्यात्मक ‘रियालिटी शो’ कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारी इमेज टेलिभिजनमा आबद्ध भएका छन्।


इमेजमा अपरेशन डाइरेक्टरको भूमिकामा काम गर्ने गरी सोमबार विशाल भण्डारी र इमेज च्यानलका अध्यक्ष आरके मानन्धरबीच लिखित सम्झौता भएको हो।

एउटा टेलिभिजन नेटवर्कको नेतृत्व गर्ने जिम्मेवारी पाएकोमा आफू उत्साहित भएको भन्दै भण्डारीले दर्शक र टेलिभिजन टिमलाई खुसी पार्ने गरी आफूले मिहनेत गर्ने बताए। विशालले निर्देशन गर्न लागेको दुई रियालिटी शो डान्स मास्टर लिल चाम्स, कमेडी क्याफे पनि इमेजबाट नै प्रसारण हुनेछन्। तीसँगै अन्य रियालिटी शो तथा रमाइला शोहरुको अभ्यास भैरहेको उनले बताए।

विभिन्न टिभी च्यालनमा भिजे बनेर काम गरेको अनुभव बटुलेका बिसालले सयौं म्युजिक भिडियोको निर्देशन गरिसकेका छन्। नेपाल आइडल, द भ्वाइस अफ नेपाल जस्ता सफल रियालिटी शोको निर्देशकिय टिममा बसेर भण्डारीले सफलतापूर्वक काम गरिसकेका छन्।

सम्बन्धित समाचार

आज देशभर मनसुनी गतिविधि सक्रिय, कर्णाली–सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना
आज देशभर मनसुनी गतिविधि सक्रिय, कर्णाली–सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना
  • २०७८ भाद्र १५, १६: ३०

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थान...

सर्पदंश र रेबिजविरुद्धका औषधि केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुग्यो
सर्पदंश र रेबिजविरुद्धका औषधि केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुग्यो
  • २०७८ भाद्र १५, १६: ३०

काठमाडौं ।  सर्पदंश र रेबिजको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम सिरम तथा रेबिज इम्युनोग्लोबुलिन केन्द्रीय भ्याक्सिन स्टोर टेकुमा आइपुगेको छ।...

कांग्रेस बैठक : प्रेस स्वतन्त्रता, संसदीय मर्यादा र रोल्पा पहिरोबारे सरकारको ध्यानाकर्षण, देउवालाई स्वागत
कांग्रेस बैठक : प्रेस स्वतन्त्रता, संसदीय मर्यादा र रोल्पा पहिरोबारे सरकारको ध्यानाकर्षण, देउवालाई स्वागत
  • २०७८ भाद्र १५, १६: ३०

ललितपुर : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, संसदीय मर्यादा कायम राख्ने तथा विपद्मा परेका नागरिकको...