मुख्यमन्त्री आचार्यको पद धरापमाः एमालेका १० प्रदेश सांसद एकीकृत समाजबादीमा जाँदै – Naya Bikalpa
August 12, 2026, Wednesday      Epaper

मुख्यमन्त्री आचार्यको पद धरापमाः एमालेका १० प्रदेश सांसद एकीकृत समाजबादीमा जाँदै


बिराटनगर । प्रदेश नम्वर १ मा नेकपा (एमाले)का १० प्रदेश सांसद माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा प्रबेश गर्ने भएका छन्।

९२ जना सांसद रहेको प्रदेश सभामा एमालेका एक सांसद फौजदारी अभियोगमा फरार भएपछि ५१ सांसद छन् । तिमध्ये १० जना सांसदले एमालेबाट अलग भई नवगठित नेकपा (एकीकृत समाजबादी)मा औपचारिक रुपमा प्रवेश गर्न लागेका हुन्।

एमाले परित्याग गरेर नेकपा एकीकृत समाजवादीमा औपचारिक रुपमा प्रवेश गर्न बुधबार प्रदेश सांसदहरु प्रदेश निर्वाचन कार्यालय विराटनगर गएर सनाखत गर्ने प्रदेश सभा सदस्य राजेन्द्र राईले बताए।

एमालेका प्रदेश सभा सदस्यहरु राजेन्द्र राई, खिनु लङ्वा लिम्बू, गणेश काङ्माङ, उपेन्द्र घिमिरे, राजन राई, सावित्रा रेग्मी, सरिता थापा, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ र सुनिता चौधरी एकीकृत समाजवादी जाने निश्चित भएको हो।

एमालेका १० सांसद एमालेबाट अलग भएसँगै अव एमालेको पक्षमा ४१ जना मात्र प्रदेश सांसद रहन्छन्। उनीहरुले औपचारिक रुपमा एमालेबाट अलग भएसँगै मुख्यमन्त्री भीम आचार्यको पद पनि एक सातामै अल्पमतमा पर्ने निश्चित भएको छ।

एमाले विभाजन भएसँगै आफू अल्पमतमा पर्ने देखेर मुख्यमन्त्री शेरधन राईले गत साता पदबाट राजिनामा दिएर पहिले माधव नेपाल समूहमा रहेका भीम आचार्यलाई मुख्य मन्त्री बनाइएको थियो। आचार्य एमाले परित्याग गर्ने पक्षमा नभएपछि उनी स्वतः अल्पमतमा परेका हुन्।

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको शुभकामना : युवाको ऊर्जा राष्ट्र निर्माणमा उपयोग गर्नुपर्नेमा जोड
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको शुभकामना : युवाको ऊर्जा राष्ट्र निर्माणमा उपयोग गर्नुपर्नेमा जोड
  • २०७८ भाद्र १६, १२: ४९

काठमाडौँ ।  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा देशभरका युवालाई शुभकामना व्यक्त गर्दै युवाको ऊर्जा,...

गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित
गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित
  • २०७८ भाद्र १६, १२: ४९

काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठकमा नेपाली कांग्रेसका सांसद निश्कल राईले गणपूरक संख्यामाथि प्रश्न...

अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
  • २०७८ भाद्र १६, १२: ४९

काठमाडौं : विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मूल नारा...