देउवानिकट नेता मिनले दिए पार्टीको केन्द्रीय सदस्य र दलित संघको अध्यक्षबाट राजिनामा – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

देउवानिकट नेता मिनले दिए पार्टीको केन्द्रीय सदस्य र दलित संघको अध्यक्षबाट राजिनामा


काठमाडौं ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निकट नेता मिन विश्वकर्माले पार्टीको केन्द्रीय सदस्य तथा नेपाल दलित संघको अध्यक्षबाट राजिनामा दिएका छन्।

प्रतिनिधिसभाका सदस्य तथा पूर्व वाणिज्य मन्त्री विश्वकर्माको ८ महिनाअघि कोराना संक्रमणका कारण करिव महिना दिनसम्म भेण्टिलेटरमा राखेर उपचार गरिएको थियो।

नेता विश्वकर्माको अप्रत्यासित राजिनामाले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई राजनीतिक रुपमा धक्का पुग्ने आंकलन गरिएको छ। उनले आज बुधबार साँझा पाँच बजे सामाजिक सञ्जाल फेसवुकमा आफूले राजिनामा दिएको पत्र पोष्ट गरेर सार्वजनिक गरेका थिए।

‘आदरणीय साथिहरु आज यो निर्णय गर्न बाध्य भएँ ! मलाई माफ गर्नु होला !’ नेता विश्वकर्माले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्। सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र प्रवक्ता विश्वप्रकाश शर्मालाई फोनमार्फत राजीनामाको जानकारी गराएर राजीनामा पत्र बुझाउन विश्वकर्मा पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार दिउँसो पुगेका थिए।


आफूले केन्द्रीय सदस्य र नेपाल दलित संघको केन्द्रीय अध्यक्ष पदबाट राजीनामा दिएको विश्वकर्माले नयाँ बिकल्पलाई बताए। राजिनामा पत्रमा नेता विश्वकर्माले निर्वाचन निर्देशिकाको व्यवस्थामाथि प्रश्न उठाउँदै कांग्रेसमा दलित समुदायको सहभागिता केही समयपछि शुन्य हुने देखिएको भन्दै त्यसको विरोध गरेका छन्।

‘पार्टीको ११औं, १२औं र १३औं महाधिवेशनमा प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट ११ जनामा १ जना दलितको प्रतिनिधित्व सुनिश्चित रहेको तर पार्टी विधानको गतल व्याखया गर्दै असमावेसी निर्वाचन निर्देशिकका अतिरिक्त जालझेलपूर्ण तरिकाबाट निर्वाचन निर्देशका लागू गरी मुलुकभरबाट दलित समुदायलाई पार्टी प्रवेश र प्रतिनिधित्वमा पूर्णत निषेध गरिएको छ’, विश्वकर्माले राजिनामा पत्रमा भनेका छन्।


उनले सभापति देउवाले अघि सारेको ‘कदमजम’को सिद्धाञ्तको निर्देशिकाले खिल्ली उडाएको, दलित समुदायको अपमान गरेको भन्दै यस्तो अन्यायपूर्ण नियम लागू भएको टुलुटुलु हेरेर बस्न नैतिकरुपले नमिल्ने दलित संघको अध्यक्ष र केन्द्रीय सदस्य दुवै पदबाट राजिनामा दिएको पत्रमा उल्लेख गरेका छन् ।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ भाद्र १६, १८: १९

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ भाद्र १६, १८: १९

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ भाद्र १६, १८: १९

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...