
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता कल्याण गुरुङले पार्टीको १४औं महाधिवेशनमा पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
बुधबार राजधानीमा पत्र कार सम्मेलन गर्दै युवा नेता गुरुङले पार्टीका संस्थाक नेता बीपी कोइराला ३३ वर्षको उमेरमा पाटीृको कार्यवाहक सभापति र ४४ वर्षको उमेरमा प्रधानमन्त्री भएको स्मरण गर्दै आफू पनि पार्टीको भावि सभापति र देशको भावि प्रधानमन्त्री भएको दाबी गरे।
गुरुङले कृष्णप्रसाद भट्टराई सभामुख हुँदा, सुवर्ण शम्सेर मन्त्रिपरिषद् अध्यक्ष हुँदा र मातृका प्रसाद कोइराला पार्टी सभपति र प्रधानमन्त्री हुँदा ५० वर्ष उमेर पनि नकटेको भन्दै कांग्रेसको आगामी महाधिवेशनमा सबै ६० वर्ष उमेर कटेका नेता प्रतिष्पर्धामा उत्रिएकाले आफूले पार्टीका युवा कार्यकर्ताको प्रतिनिधित्व गर्दै सभापतिमा उम्मेदवारी दिने निर्णयमा पुगेको बताए।
नेपाली कांग्रेसको हालका शीर्ष नेता र पदाधिकारी सबै ६० वर्ष उमेर कटिसकेको भन्दै गुरुङले विगत ३० वर्षदेखि कांग्रेसको नेतृत्वमा एउटै ब्यक्तिले बारम्बार अवसर पाएकाले अब एक व्यक्ति पार्टीको एउटा पदमा एक पटक र सरकारमा मन्त्री वा प्रधानमन्त्री २ पटकभन्दा बढी हुन नपाउने बैधानिक व्यवस्था गरेर छाड्ने घोषणा गरे।
पार्टीमा समाबेसी कोटाको नाममा, जनजाति, मधेशी, महिला, दलित, पीछडिएको क्षेत्र र खस कार्यबाट एउटै व्यक्तिले बारम्बार अवसर पाएको र एउटै व्यक्ति ३० वर्षदेखि बारम्बार मन्त्री हुने अवसर पाउँदा कांग्रेसमा नयाँ पुस्ताले अवसर नै नपाएको भन्दै आफूले सभापति जितेमा त्यस्तो अवसर कसैलाई पनि दोहोर्याएर नदिने प्रतिवद्धता व्यक्त गरे।
पार्टीमा ६० वर्ष उमेरमाथिका २० प्रतिशत मात्र क्रियाशिल सदस्य रहेको दाबी गर्दै उनले आफूलाई ८० प्रतिशत बढी कार्यकर्ताको समर्थन रहेको दाबी गरे। गुरुङले आफू सभापतिमा निर्वाचित भएपछि प्रधानमन्त्री भएर ६ महिनामा भ्रष्टाचार नियन्त्रण गर्ने, नीजि अस्पतालाई राष्ट्रियकरण गर्ने, प्रत्येक वर्ष सम्पति विवरण नबुझाउने कार्यकर्तालाई सदस्यता नदिने र लिएको भए खारेज गर्ने६७५३ वडामा वर्थिङ सेन्टर निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरे।
काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...
धनकुटा : धनकुटा उद्योग वाणिज्य सङ्घको वर्तमान कार्यसमितिले आफ्नो कार्यकालमा गरेका महत्वपूर्ण काम तथा उपलब्धि सार्वजनिक गरेको छ। सङ्घले शुक्रबार...
काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...