पूर्वगृह सचिव श्रीकान्त रेग्मीको निधन – Naya Bikalpa
August 13, 2026, Thursday      Epaper

पूर्वगृह सचिव श्रीकान्त रेग्मीको निधन


काठमाडौ । पूर्वगृहसचिव श्रीकान्त रेग्मीको निधन भएको छ। स्याङ्जामा जन्मिएका रेग्मीको आज बिहान ७१ वर्षको उमेरमा निधन भएको हो।
२०३४ सालदेखि २०५९ सालसम्म सरकारी सेवामा रहेका रेग्मी गृहसचिव भएको समयमा आफूभन्दा जुनियरलाई मुख्य सचिव बनाएको भन्दै पदबाट राजीनामा दिएका थिए।


शाखा अधिकृतबाट सरकारी सेवामा प्रवेश गरेका रेग्मी गृहप्रशासनमा लामो समय बिताएका थिए । प्रमुख जिल्ला अधिकारी हुँदै गृह सचिवसम्म भएका रेग्मी २०५९ सालमा वरिष्ठताका आधारमा मुख्यसचिव हुनुपर्नेमा नपाएपछि राजीनामा दिएका थिए।


निष्कलंक क्षवि भएका रेग्मी हक्की र निडर स्वभावका मात्र होइन आफ्ना कुरा मन्त्री र संसदीय समितिका बैठकहरुमा सांसदसँग प्रष्ट कुरा राख्ने स्वभावका थिए। आफ्नो योग्यता, क्षमता र योगदानको मुल्याङ्कन पछिल्ला सरकारले गर्न नसकेको उनको गुनासो थियो।

सम्बन्धित समाचार

सर्पदंश र रेबिजविरुद्धका औषधि केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुग्यो
सर्पदंश र रेबिजविरुद्धका औषधि केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुग्यो
  • २०७८ भाद्र १७, १३: ४४

काठमाडौं ।  सर्पदंश र रेबिजको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम सिरम तथा रेबिज इम्युनोग्लोबुलिन केन्द्रीय भ्याक्सिन स्टोर टेकुमा आइपुगेको छ।...

कांग्रेस बैठक : प्रेस स्वतन्त्रता, संसदीय मर्यादा र रोल्पा पहिरोबारे सरकारको ध्यानाकर्षण, देउवालाई स्वागत
कांग्रेस बैठक : प्रेस स्वतन्त्रता, संसदीय मर्यादा र रोल्पा पहिरोबारे सरकारको ध्यानाकर्षण, देउवालाई स्वागत
  • २०७८ भाद्र १७, १३: ४४

ललितपुर : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, संसदीय मर्यादा कायम राख्ने तथा विपद्मा परेका नागरिकको...

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा
  • २०७८ भाद्र १७, १३: ४४

काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री शाहले प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामापत्र बुझाएका...