देउवानिकट गोपालमानले गरे सभापतिको उम्मेदवार बन्ने घोषणा – Naya Bikalpa
August 28, 2026, Friday      Epaper

देउवानिकट गोपालमानले गरे सभापतिको उम्मेदवार बन्ने घोषणा

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठले पार्टीको १४औं महाधिवेशनमा आफू सभापति पदमा उम्मेदवार बन्ने घोषणा गरेका छन्।

गृह जिल्ला स्याङ्जाका अगुवा नेतारकार्यकर्ता भेला गरी उनले १४औं महाधिवेशनमा आफू सभापतिमा लड्ने औपचारिक घोषणा गरेका हुन्। गृह जिल्ला स्याङ्जा पुगेका श्रेष्ठले आफूले पहिलेदेखि नै सभापतिमा उठ्ने तयारी गरेको भन्दै औपचारिक घोषणा भने आफ्नै गृह जिल्लाबाट गरेको बताए।

आफूलाई देशभरका साथीहरूको सहयोग रहने दाबी गर्दै श्रेष्ठले हालका पार्टी सभापति शेरबहादुर देउवा कांग्रेस प्रजातान्त्रिक सभापति हुँदा श्रेष्ठले कार्यबहाक सभापति भएर जिम्मेवारी सम्हालेका थिए।

तत्कालिन नेपाली कांग्रेससँग प्रजातान्त्रिक कांग्रेस एकीकृत हुँदा श्रेष्ठलाई उपसभापतिको जिम्मेवारी दिइएको थियो। श्रेष्ठलाई सभापति देउवाले संगठन विभाग प्रमुख मनोनित गरेका हुन्।

यसअघि देउवाले उपसभापतिमा मनोनित गरेका विमलेन्द्र निधीले सभापतिमा लड्ने घोषणा गरिसकेका छन्। श्रेष्ठले नेपाली कांग्रेस भित्र गुटै गुट रहेको भन्दै नेपाली काँग्रेसलाई गुटरहित र देशकै ठूलो दल बनाउन आफुले उम्मेदवारी दिएको बताए। सनातन धर्मसहितको धार्मिक स्वतन्त्रता आफ्नो एजेण्डा रहेको श्रेष्ठले बताए।

आफ्नो जन्मभूमि स्याङ्जा भएकाले यहाँबाट काँग्रेसको सभापतिमा उम्मेदवारी दिने घोषणा गर्दै वर्तमान सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि आफूलाई साथ दिने दाबी गरे। प्रधानमन्त्री देउवाको सक्रियता भएमा आफू सर्वसहमतिमा सभापति बन्न सक्ने समेत उनले बताए।
राजा ज्ञानेन्द्रले तानाशाहि शासन गर्दा समेत आफू कार्यबहाक सभापति भएका बेला ११ औं महाधिबेशन गराएर ईमान्दारिता पूर्वक जेलमा रहेका देउवालाई सर्वसहमतिमा सभापतिमा चयन गराएको समेत उनले स्मरण गराए।

वर्तमान सरकार पाँच दलको गठबन्धन भएका कारण प्रधानमन्त्रीले सरकारमा धेरै समय दिनु परेको तर्क गर्दै श्रेष्ठले आफू सभापति भएमा सरकारलाई सफल बनाउन र आमनागरिकको आवश्यकता पुरा गराउन पूर्ण रुपमा सहयोग गर्ने प्रतिविद्धता व्यक्त गरे।

सम्बन्धित समाचार

आज जनैपूर्णिमा पर्व मनाइँदै
आज जनैपूर्णिमा पर्व मनाइँदै
  • २०७८ भाद्र १७, १३: ५९

काठमाडौं : आज जनैपूर्णिमा पर्व मनाइँदैछ। जनै पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर...

कांग्रेस महाधिवेशन रोक्न तत्काल आदेश नदिनुको अर्थ के हो ? वरिष्ठ अधिवक्ता खनालको यस्तो व्याख्या
कांग्रेस महाधिवेशन रोक्न तत्काल आदेश नदिनुको अर्थ के हो ? वरिष्ठ अधिवक्ता खनालको यस्तो व्याख्या
  • २०७८ भाद्र १७, १३: ५९

काठमाडौं : नेपाली कांग्रेसको महाधिवेशनका सम्बन्धमा सर्वोच्च अदालतले दिएको पछिल्लो आदेशबारे वरिष्ठ अधिवक्ता यदुनाथ खनालले त्यसको कानुनी तथा राजनीतिक अर्थबारे...

भारतले दोस्रो खेपमा ३७.५ टन राहत सामग्री पठायो
भारतले दोस्रो खेपमा ३७.५ टन राहत सामग्री पठायो
  • २०७८ भाद्र १७, १३: ५९

काठमाडौं : भारतले बाढी तथा पहिरो प्रभावित नेपालका नागरिकका लागि दोस्रो खेपमा ३७.५ टन मानवीय सहायता तथा विपद् राहत सामग्री,...