
काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइत्तर पक्षले १४औं महाधिवेशनमा सहमतिमा एक जना मात्र सभापतिको उम्मेदवार हुने घोषणा गरेको छ।
कांग्रेस मुख्यालय सानेपामा विहीबार दिउँसो पार्टी नेता रामचन्द्र पौडेलले नेतृत्व गरेको संस्थापनइत्तर पक्षले गरेको प्रत्रकार सम्मेलन गरी पार्टीको १४औं महाधिवेशनमा आफूहरु मध्येबाट एक जना मात्र सभापतिको उम्मेदवार हुने घोषणा गरिएको हो।
पार्टीको महाधिवेशन सुरु हुने एक दिन अघि भएको सो पत्रकार सम्मेलनमा नेता पौडेलले आफूहरुमध्येबाट एक जना मात्र उम्मेदवार हुने र त्यस्तो उम्मेदवारको नाम समय आएपछि सार्वजनिक गर्ने बताए।
आफूहरु व्यक्तिवादी प्रवृत्तिका विरुद्ध सामूहिक नेतृत्वमा विश्वास गर्ने भएकाले कसलाई कुन जिम्मेवारी दिने भन्ने विषयमा सहमतिकै आधारमा निर्णय हुने पौडेलले जनाए।
पौडेलले पार्टीका हरेक गतिविधि र क्रियाकलाप विधिविधान र पद्धति बमोजिम नचलेको भन्दै रिले अनसनमा बसेका पार्टीका नेताहरुको माग पुरा गराउने तर्फ आफूहरुले पहल गरिरहेको बताए।
सभापतिको एउटै उम्मेदवार घोषणा कार्यक्रममा सभापतिका दाबेदारहरु पौडेलसहित महामन्त्री डा. शशांक कोइराला, पूवमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य डा. शेखर कोइराला, सुजाता कोइराला र अर्जुननरसिंह केसी उपस्थित थिए।
पत्रकार सम्मेलनमा अन्य पदाधिकारीका दाबेदार नेताहरु कोषाध्यक्ष सीतादेवी यादव, बलबहादुर केसी, गगनकुमार थापा, डा. मिनेन्द्रप्रसाद रिजाल, धनराज गुरुङ, सरिता प्रसाईं र किरण यादवको उपस्थिति थियो।
उम्मेदवारी घोषणा गर्ने पत्रकार सम्मेलनमा पूर्वसहमहामन्त्री डा. रामशरण महत आउने भनिए पनि उपस्थित भएनन्। पत्रकार सम्मेलनमा रामचन्द्र पौडेलले मात्र आफ्नो धारणा राखेका थिए। पत्रकार सम्मेलनमा उपस्थित वाँकी १३ पदाधिकारी र केन्द्रीय सदस्यहरुले भने केही पनि बोलेनन्।


भिडियाे…
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा देशभरका युवालाई शुभकामना व्यक्त गर्दै युवाको ऊर्जा,...
काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठकमा नेपाली कांग्रेसका सांसद निश्कल राईले गणपूरक संख्यामाथि प्रश्न...
काठमाडौं : विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मूल नारा...