वडा अधिवेशन ७७ जिल्लामध्ये ३३ मा मात्र शुक्रबार शुरू – Naya Bikalpa
August 7, 2026, Friday      Epaper
नेपाली कांग्रेसको १४औं महाधिवेशनः

वडा अधिवेशन ७७ जिल्लामध्ये ३३ मा मात्र शुक्रबार शुरू


काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय बमोजिम आज भदौ १८ गते ७७ जिल्लाका सबै ६हजार ७४३ वटा वडाको वडा अधिवेशन गर्ने कार्यतालिका भए पनि ३३ वटा जिल्लामा मात्र वडा अधिवेशन हुँदैछ।

काँग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवका अनुसार शुक्रवार ३३ वटा जिल्लाका वडाहरुमा मात्र अधिवेशन भएको छ। पार्टी सभापति शेरबहादुर देउवाले ७७ मध्ये ५६ जिल्लाका क्रियाशिल सदस्यको नाम स्वीकृत गरी निर्वाचन समितिलाई बुझाएका छन्।

निर्वाचन समितिले सभापति देउवाबाट प्राप्त ५६ जिल्लाका क्रियाशिल सदस्यहरुको नामावली सार्वजनिक गरिसकेको छ। पार्टीका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला संयोजक रहेको समितिले २१ जिल्लाको सदस्यता विवादलाई समाधान गरी अझै बुझाई नसकेकाले ति जिल्लाको सदस्यता नै फाईनल भएको छैन्।

सिटौला संयोजकको कार्यदलमा केन्द्रीय सदस्यहरु डा. मिनेन्द्र रिजाल र रमेश लेखक सदस्य छन्। २१ जिल्लाको क्रियाशिल सदस्यता विबाद अन्त्य नभएकाले ति जिल्लाको अधिवेशन अनिश्चित भएको छ।

निर्वाचन समितिले २१ जिल्लाका क्रियाशिल सदस्यहरुको नामावली पार्टीबाट प्राप्त हुनासाथ पार्टीको वेबसाईटमा सार्वजनिक गर्ने भन्दै भदौ २६ गतेभित्रमा अनिवार्य रुपमा वडा अधिवेशन गर्नु पर्ने निर्णय सबै जिल्लामा पठाई सकेको छ। प्रदेश नंम्वर २ का आठ वटै जिल्लाको क्रियाशिल सदस्यता बिबाद अझै मिलेको छैन्।

क्रियाशिल सदस्यता फाईनल भईकसेका ५६ मध्ये २१ जिल्लाको मात्रै पूर्वनिर्धारित समयमा वडा अधिवेशन भएको छ। वाँकी ३५ जिल्लाका वडा अधिवेशन भने भदौ १९, २० र २१ गते सम्वन्धित जिल्ला कार्यसमितिको सहमतिमा जिल्ला निर्वाचन समितिले कार्यतालिका निर्धारण गरेका छन्।

काँग्रेस विधान अनुसार सबैभन्दा तलको संरचना नै वडा तह हो। वडा कार्यसमितिले नै टोल कार्यसमिति चयन गर्ने विधानमा व्यवस्था छ।
काँग्रेसले २३ भदौ भित्र वडा अधिवेशनमार्फत देशभर ६ हजार ७ सय ४३ वडामा नयाँ नेतृत्व स्थापित गर्ने छ। भदौ २७ गते भने गाउँ र नगरपालिकाको अधिवेशन गर्ने कार्यतालिका छ।

कांग्रेसको संशोधित विधान अनुसार क्षेत्रीय प्रतिनिधिले पालिकाको नेतृत्व चयन गर्नेछन् भने निर्वाचन क्षेत्र (प्रदेश र प्रतिनिधिसभा) समितिको चयनका लागि मतदाता हुनेछ। विधान अनुसार २०७६ फागुनमै हुनुपर्ने कांग्रेसको महाधिवेशन पाँच वर्ष ६ महिनापछि शुरु हुन लागेको हो। कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १३ सम्म काठमाडौंमा हुनेछ।

सम्बन्धित समाचार

देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
  • २०७८ भाद्र १८, १६: २५

काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...

सत्तारुढ सांसद नै भन्छन्- राज्य सञ्चालन गर्न सरकारको ढंग पुगेन
सत्तारुढ सांसद नै भन्छन्- राज्य सञ्चालन गर्न सरकारको ढंग पुगेन
  • २०७८ भाद्र १८, १६: २५

काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले राज्य सञ्चालनमा सरकारले ढंग पुर्‍याउन नसकेको टिप्पणी गरेका छन्...

ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरत : उद्योगमन्त्री
ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरत : उद्योगमन्त्री
  • २०७८ भाद्र १८, १६: २५

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले खाना पकाउने ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले पहल गरिरहेको...