
काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमालेका सांसद महेश बस्नेतलाई आगामी चुनावमा कांग्रेसका भक्तपुर सभापति दुर्लभ थापासँग चुनावमा हराएर आएपछि आफूसँग चुनावको प्रतिष्पर्धामा आउन चुनौति दिएका छन्।
नेपाली कांग्रेसको १४औं महाधिवशेनको आजदेखि शुरू भएको वडा अधिवेशनको भक्तपुरस्थित सूर्यविनायक नगरपालिका वडा नं–५ कटुञ्जेमा उद्घाटन गर्दै सभापति देउवाले एमाले सांसद बस्नेतलाई पहिला जिल्ला सभापति दुर्लभ थापालाई चुनाव हराएर देखाउन चुनौती दिएका हुन्।
‘कांग्रेस सशक्तरूपमा अघि बढीससकेको छ। महेश बस्नेतजीले मलाई चुनाव लड्न चुनौती दिएछन्। बस्नेतजीले मलाई होइन भक्तपुरबाट हाम्रो पार्टी सभापति दुर्लभ थापालाई चुनाव हराएर देखाउनुस्।’
भक्तपुर क्षेत्र नम्बर २ मा बस्नेतले २०७४ सालको आमनिर्वाचनमा कांग्रेस नेता तथा पूर्वसभामुख दमननाथ ढुंगानालाई दोब्बर मतान्तरमा पराजित गरेका थिए। केही दिनअघि उनले भक्तपुरमा अब कांग्रेस शिला खोज्नुपर्ने भन्दै सभापति देउवालाई आफूसँग चुनाव लड्न चुनौती दिएका थिए।
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा देशभरका युवालाई शुभकामना व्यक्त गर्दै युवाको ऊर्जा,...
काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठकमा नेपाली कांग्रेसका सांसद निश्कल राईले गणपूरक संख्यामाथि प्रश्न...
काठमाडौं : विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मूल नारा...