
काठमाडौं । कडा अनुसासन, नियम र न्यायमा अडिग मानिएको नेपाली सेनाका कमजोर कार्यक्षमताका सैन्य अधिकृतका कारण नेपाली सेनाका दुई जवान झुटो आरोपमा २ वर्ष जेल जीवन बिताएर आज छुटेका छन्।
साढे दुई वर्षअघि चितवनको कालीबहादुर गणबाट हराएको एसएमजी हतियार चोरी गरेको आरोपमा जेल परेका सैनिकद्वय लबकुमार गुरुङ र सरोज तामाङ सैनिक विशेष अदालतबाट निर्दोष ठहरिएपछि शुक्रबार छुटेका हुन्।
उनीहरूलाई नेपाली सेनाको बा २ झ ३२२३ नम्बरको गाडीमा राखेर चितवन कारागारबाट बाहिर निकालिएको थियो। सेकेन्ड लेफ्टिनेन्ट रोहण अधिकारी कमाण्डको सेनाले उनीहरूलाई गणमा लगेको हो।
सैनिक विशेष अदालतले शुक्रबार बिहान फैसला गर्दै हतियार चोरीको आरोपमा जेल परेका दुई सैनिक निर्दाेष भएको ठहर गरेपछि तत्काल रिहा गर्नका लागि चितवन कारागार प्रशासनलाई फैसलासहित पत्र पठाएको थियो।
सैनिकद्वयलाई उच्च अदालत पाटनका न्यायाधीश लोहितचन्द्र शाहको अध्यक्षतामा गठित रक्षा सचिव बोगेन्द्रराज शर्मा पौडेल र सेनाको प्राड विवाक प्रमुख उपरथी रत्नप्रकाश थापा संलग्न इजलासले सफाई दिएको हो।
चोरी अभियोगमा सफाई दिँदै सैनिक विशेष अदालतले सैनिकद्वय गुरुङ र तामाङलाई ३ वर्षसम्मका लागि बढुवा रोक्काको फैसला पनि गरेको छ।
गत असार २८ गते चितवनमा सैनिक भरत गुरुङको हत्यामा साढे दुईवर्ष अगाडि चोरिएको भनिएको हतियार प्रयोग गरी सैनिक गंगाधर ढकालले हत्या गरेको पुष्टी भएपछि गुरुङ र तामाङ निर्दोष भएको र यसअघि सैन्य अदालतले गरेको दोषी ठहर गर्ने निर्णय बिना प्रमाण, सनकको भरमा हावा तालमै गरेको पुष्टि भएको छ।
हत्या अभियुक्त ढकालले सो एसएमजी आफूले दुई वर्ष अगाडि कालीबहादुर गणबाट चोरेको साविति दिँदै सोही हतियारले भरत गुरुङको हत्या गरेको स्वीकार गरेपछि थुनामा रहेका सैनिकद्वय गुरुङ र तामाङ निर्दोष भएको ठहरिएको थियो।
त्यसअघि २०७६ वैशाख ६ गते सैनिक जनरल समरी अदालतले हतियार चोरीको अभियोगमा अमल्दार गुरुङलाई १० वर्ष र जवान तामाङलाई ७ वर्ष जेलसजाय तोकेको थियो।
काठमाडौं : पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधिशद्वय नहकुल सुबेदी र बाबुराम ढकालको इजलासले...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकार सञ्चालनमा देखिएको शासकीय अराजकता, विधिको शासन, आर्थिक अनुशासन, नागरिकका दैनिक समस्या...
काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले संवाद र सरोकारवालाको सुझावका आधारमा शिक्षा क्षेत्रका समस्याको दीगो नीतिगत समाधान खोज्ने बताएका...