
धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रध्यापक, कर्मचारी र चिकित्सकहरुले आकस्मिक सेवाबाहेक काम छाडेका छन्।
प्रतिष्ठानमा भएको विकृति, विसंगति, भ्रष्टाचार र अनियमितताविरुद्ध विगत ८२ दिनदेखि आन्दोलनरत प्राध्यापक, कर्मचारी र विद्यार्थीहरुले आइतबारबाट इमरजेन्सी, कोरोना संक्रमितको उपचार र पूर्वनिर्धारित परीक्षा बाहेकमा काम छाडेका हुन्
प्रतिष्ठान सुधारको माग राख्दै आएको संयुक्त संघर्ष समितिले सरकारले माग सम्बोधन गर्न ध्यान नदिएपछि बिहीबार काम छाड्ने चेतावनी दिएको थियो।
प्रतिष्ठान विगार्न पदाधिकारीको मात्र नभई कर्मचारीको पनि दोष रहेको बताउँदै छानविनका लागि तत्काल आयोग बनाउनु पर्ने संघर्ष समितिले माग गरेको छ। अख्तियारमा प्रतिष्ठानको भ्रष्टाचार सम्वन्धमा परेको मुद्दा फास्ट ट्रयाकमा सम्बोधन गर्नका लागि सरकारले आग्रह गर्नुपर्ने समितिले माग गरेको हो।
एक महिनाअघि सरकारले गठन गरेको उच्चस्तरीय कार्यदलले पदाधिकारीहरूलाई कारबाही गर्न गरिएको सिफारिस र आन्दोलनरत पक्षसँग ६ बुँदे सम्झौता गरेको थियो। तर एक महिनासम्म सम्झौता कार्यान्यन भएको छैन्।
आन्दोलनरत पक्षले प्रतिष्ठानका पदाधिकारीलाई बर्खास्त गर्न माग गर्दै प्रतिस्पर्धाका आधारमा पदाधिकारी नियुक्त गर्नुपर्ने, अनियमितता रोक्नुपर्नेलगायत माग गरेका छन्। आन्दोलन नरोकिएपछि प्रतिष्ठानका रजिस्ट्रार डा. मोहनचन्द्र रेग्मीले भदौ ११ गते राजीनामा दिएका थिए।
काठमाडौं : देशभर आज दिउँसो साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र...
काठमाडौं : प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बिहान ११ बजे सिंहदरबारमा बस्ने बैठकमा विभिन्न चार वटा मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित...
काठमाडौं : पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधिशद्वय नहकुल सुबेदी र बाबुराम ढकालको इजलासले...