
काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार परिसूचकमा इतिहासमै ठूलो ठूलो गिरावट आएको छ। कारोबार समयको पहिलो दुई घण्टाभित्रै ५ प्रतिशतभन्दा बढीको गिरावट आएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले कारोबार स्थगित गरेको छ।
पहिलो दुई घण्टा भित्र ५ प्रतिशत भन्दा बढीले बजार घट्दा ‘सर्किट ब्रेक’ लगाएर ४० मिनेट कारोबार बन्द हुने प्रावधान रहेको छ। १ बजेसम्म १४७.३१ अंकले बजार घटेर शेयरमा पहिरो गएको छ।
यो ५.०३ प्रतिशतको गिरावट हो। यो इतिहासकै सबैभन्दा ठूलो गिरावट हो। यसअघि एकै पटक १२४ अंकसम्म घटेको रेकर्ड रहेको छ। अहिले बजार २७७९.६८ विन्दुमा झरेको छ। पूँजी बजारमा नकारात्मक प्रभाव पार्ने काम गरेको भन्दै लगानीकर्ताहरुले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गरेका छन्।
लगानीकर्ता रामकृष्ण ढकालको संयोजकत्वको पूँजी बजार सुधार संघर्ष समितिले गभर्नरको राजीनामालाई मुख्य मागको रुपमा राख्दै विभिन्न १५ बुँदे माग राखेको छ।
समितिले केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत ल्याएको मार्जिन कर्जामा १२ करोडको सिमा हट्नु पर्ने, लघुवित्त कम्पनीहरुले वितरण गर्ने लाभांशमा लगाइएको क्याप हटाउनु पर्ने, प्रोभिजनिङ्कको व्यवस्था परिमार्जन गर्नुपर्ने लगायतका मागहरु राखेका छन्।
भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित उत्साहित सुधार गृहमा एक युवकको मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको छ । सुधार गृहमा...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने...
काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...