भारतीय प्रधानमन्त्रीको पुत्ला दहन घटनाप्रति गृहको आपत्तिः संलग्नमाथि कारबाहीको चेतावनी – Naya Bikalpa
August 8, 2026, Saturday      Epaper

भारतीय प्रधानमन्त्रीको पुत्ला दहन घटनाप्रति गृहको आपत्तिः संलग्नमाथि कारबाहीको चेतावनी


काठमाडौं । गृह मन्त्रालयले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै छिमेकी देशका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी पुत्ला दहन गरेकामा आपपित्त जनाएको छ।

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले आइतबार विज्ञप्ति जारी गर्दै मित्रराष्ट्रहरु विरुद्ध लक्षित हुने गतिविधि नियन्त्रण गर्न र त्यस्ता गतिविधिमा संलग्नलाई कारबाही गरिने चेतावनी दिइएको छ।

दार्चुलामा नेपाली नागरिक महाकाली नदि तर्ने क्रममा तुइनबाट खसेर नदिमा बेपत्ता भएको घटनालाई लिएर माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठनले शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसअघि पुत्ला दहन गरेको थियो।

‘नेपाल सरकार सबै मित्रराष्ट्रहरुसँग पारस्परिक सम्बन्ध अझ प्रगाढ बनाउन चाहन्छ र नेपाली भूमिमा कुनै पनि राष्ट्रविरुद्धका गतिविधि हुन नदिने विषयमा कटिवद्ध छ। मित्रराष्ट्रहरुसँगको स्वाभिमान र सम्मानमा आँच आउने कुनै पनि क्रियाकलाप नगर्न सबैलाई आग्रह गरिन्छ’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

यसअघि मन्त्रालयले शुक्रबार विज्ञप्तिमार्फत विदेशी दातृ राष्ट्र र निकायको सहयोगमा संचालित विकास आयोजना प्रभावित हुने गरी गरिएका क्रियाकलापप्रति आपत्ति जनाउँदै त्यस्तो कार्यमा संलग्नलाई कानून बमोजिम कारबाही गर्ने चेतावनी दिएको थियो ।

सम्बन्धित समाचार

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७८ भाद्र २०, १४: ५४

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...

धनकुटा उद्योग वाणिज्य सङ्घद्वारा कार्यकालका उपलब्धि सार्वजनिक
धनकुटा उद्योग वाणिज्य सङ्घद्वारा कार्यकालका उपलब्धि सार्वजनिक
  • २०७८ भाद्र २०, १४: ५४

धनकुटा : धनकुटा उद्योग वाणिज्य सङ्घको वर्तमान कार्यसमितिले आफ्नो कार्यकालमा गरेका महत्वपूर्ण काम तथा उपलब्धि सार्वजनिक गरेको छ। सङ्घले शुक्रबार...

देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
  • २०७८ भाद्र २०, १४: ५४

काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...