गृह मन्त्रालयको विज्ञप्ति आपत्तिजनक: नेता सिंह – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

गृह मन्त्रालयको विज्ञप्ति आपत्तिजनक: नेता सिंह


काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता एवम् पूर्वमहामन्त्री प्रकाशमान सिंहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहनको विषयमा गृहमन्त्रालयले आईतबार निकालेको विज्ञप्ति आपत्तिजनक भएको बताएका छन्।

नेपाली काँग्रेस सिन्धुपाल्चोकले सोमबार राजधानीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सिंहले सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन नमिल्ने भन्दै सरकार सच्चिनु पर्नेमा जोड दिए।

‘कांग्रेस स्वतन्त्रताको वकालत गर्ने पार्टी भएकाले यस्ता बिषयमा सरकारले गम्भीरताका साथ सोचेर मात्रै कदम चाल्नु पर्छ’, नेता सिंहले भने ‘सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन खोजेको हो कि भनेर नागरिक स्थरमा आलोचना शुरु भएको छ। यो विषयमासरकार गम्भीर बन्नु पर्छ।’

सरकारले जनताको दुखमा साथ दिँदै सँधै जनाताको पक्षमा काम गर्नु पर्ने भन्दै नेता सिंहले गृहमन्त्रालयबाट बोल्नै नपाउने गरी विज्ञप्ती निकाल्नु आपति जनक भएको बताए। अत्यन्तै प्रतिकुल अवस्थामा पनि आफ्नो सिद्धान्तबाट विचलिन नहुने नेपाली काँग्रेस जस्तोसुकै परिस्थितिमा पनि महाधिबेशन निष्पक्ष, धाँदलीरहित र स्वच्छ रुपले हुनुपर्ने सिंहले बताए।


नेतृत्व गर्ने नेता कमजोर भए पार्टीले जति राम्रो काम गरेपनि नतिजा ल्याउन नसक्ने दाबी गर्दै उनले समय अनुसार पार्टीको नेतृत्व परिवर्तन हुनु पर्नेमा जोड दिए। १३औं महाधिबेशनपछि काँग्रेस कमजोर हुँदा देशमा लोकतान्त्रिक पद्धति पनि कमजोर भएको र कम्युनिष्टहरुले संविधान र ब्यवस्थामाथि नै प्रहार गर्न खोजेको बताए।

सम्बन्धित समाचार

भक्तपुरको सुधार गृहमा युवकको मृत्यु
भक्तपुरको सुधार गृहमा युवकको मृत्यु
  • २०७८ भाद्र २१, १८: २१

भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित उत्साहित सुधार गृहमा एक युवकको मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको छ । सुधार गृहमा...

महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन : कांग्रेस सभापति थापा
महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन : कांग्रेस सभापति थापा
  • २०७८ भाद्र २१, १८: २१

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने...

ग्यासको कालोबजारी रोक्न अनुगमन
ग्यासको कालोबजारी रोक्न अनुगमन
  • २०७८ भाद्र २१, १८: २१

काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...