
काठमाडौं । नेपाली सेनाको सर्वोच्च पद प्रधानसेनापति भएर पूर्णचन्द्र थापाले पहिलो पटक आफ्नो जाय जेथा सम्पत्ति सार्वजनिक गरेका छन्। नेपालको सैन्य इतिहासमा पद बहाल हुँदा र अवकास भएपछि आफ्नो सम्पूर्ण सम्पत्ति सार्वजनिक गर्ने थापा नेपाली सेनाको पहिलो महारथी पनि हुन्।
नेपाली सेनामा ४१ वर्ष आठ महिना २२ दिन व्यतित गर्दै गरेका थापाले तीन वर्षअघि प्रधानसेनापति पदको बहालभएपछि आफ्नो सम्पत्ति सार्वजनिक गरेका थिए भने सेवानिबृत्त हुदै लाग्दा पनि सम्पति विवरण नेपाली सेनाको वेभसाईटमा सार्वजनिक गरेका छन्।
नेपाली सेनाको कल्याणकारी कोषको लेखा परिक्षण गरी आय व्यय सार्वजनिक गर्ने पहिलो सहायक रथी थापा त्यसबेला केही सैन्य अधिकृतले आलोचना गरे पनि अन्तत उनको कदम नेपाली सेनाका सवैजसो अधिकृत, विल्लादार र जवानले मुक्तकण्ठले स्वागत गरेका थिए।
आर्थिक रुपमा पारदर्शीता अपनाएर नेपाली सेनाको क्षविलाई निष्कलंक बनाई आदर्श संगठनको रुपमा स्थापित गर्न पहिलो प्राथमिकता दिने थापाले सैनिक इतिहास र बिरासतलाई चीरस्मरणीय बनाउने अभियानको पनि शुरुआत गरेका थिए।
लम्जुङ बेँसीशहर नगरपालिका–२ नरुवाल, पाखाथोक स्थायी ठेगाना भएका महारथी थापाको काठमाडौँ महानगरपालिका–२६ लैनचौरमा घरसहित आमाबाट बकसपत्रबाट प्राप्त २८०.१९ वर्ग मिटर क्षेत्रफलमा बनेको घर, श्रीमती दीपा थापा र आफ्नो संयुक्त नाममा रहेको बुढानिलकण्ठ नगरपालिका वडा नं २स्थित २४१६.५२ बर्गमिटरमा निर्माणधिन घर रहेको छ।
लैनचौरमा २८२.१९ बर्गमिटर जग्गा, बेंसीहर नगरपालिका २ मा १३७७९.७ बर्गमिटर अंशबण्डाबाट प्राप्त जग्गा, श्रीमती दीपा थापालाई माइतिबाट दाईजोस्वरुप प्राप्त लैनचौरको ६७.५७ वर्गमिटरको जग्गा, महारथी थापा र श्रीमती दीपाको संयुक्त नाममा नवलपुरवको मध्यविन्दु नगरपालिका २ मार हेको ४१६४.५७ बर्ग मिटर क्षेत्रफलको जग्गा, छोरी रुरु थापाको नाममा बेंसीशहर नगपालिका २ मा २१६६.१३ बर्ग मिटर क्षेत्रफलको जग्गा रहेको छ।
थापा दम्पत्तिको संयुक्त नाममा रहेको बुढानिलकण्ठ नगरपालिका वडा नं २ को २४१६.५२ बर्गमिटर क्षेत्रफलमा रहेको जग्गामध्ये करिब ७०० वर्गमिटर जग्गा बिक्री प्रक्रियामा रहेको सम्पति विवरणमा जनाइएको छ। महारथी थापा दम्पतीसँग पैत्रिक, खरिद र बुहारीबाट प्राप्तसमेत ६१ तोला सुन, ६८० तोला चाँदी र १४ लाख रुपैयाँमा खरिद गरिएको औंठीसहित हीराको हार रहेको छ।
महारथी थापाकी श्रीमती दिपा थापाको नाममा मेगा बैंकमा एक लाख ३५ हजार ७७२ रुपैयाँ, महारथी थापावको नाममा ग्लोबल आइएमई बैंकमा ९९ हजार ३३ रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट बैंकमा १४ लाख २० हजार ४९७ रुपैयाँ र ६ हजार ७० डलर सिरियामा शान्ति सेनामा रहँदा र तलब भत्ताबाट आर्जन गरेको नगद बैंक खातामा मौज्दात रहेको छ।
प्रधानसेनापति थापाकी श्रीमती दीपा थापाको नाममा नेपाल इन्भेष्टमेण्ट बैंकमा ६ लाख १ हजार ८८४ रुपैयाँ बचत छ। तलबभत्ता र विविध आयबाट खरिद गरिएको विभिन्न बैंक र हाइड्रोका समेत गरी १४ वटा कम्पनीका करिब ४६ लाख मूल्य बराबरका २० हजार ४४१ सेयर रहेको सार्वजनिक गरिएको सम्पत्ति विवरणमा जनाईको छ।
प्रधानसेनापति थापा र श्रीमती थापावको नाममा मेगा बैंकमा प्रोमोटर शेयर २४ हजार कित्ता, साधारण शेयर ९ हजार कित्ता, शिवश्री हाइंड्रोपावरमा १० हजार कित्ता प्रोमोटर शेयर रहेको छ।
उनीहरूले नेपाल बैंकबाट एक करोड ९० लाख ऋण लिएको तथा छोरा रौनकले लक्ष्मी बैंकबाट अटोलोन ३० लाख रुपैयाँ ऋण लिएकामा १२ लाख २४ हजार रुपैयाँ तिर्न बाँकी रहेको देखाइएको छ। श्रीमती दीपाको २० लाख र छोरा रौनकको ५१ लाख मूल्यमा खरिद गरिएका एक–एक थान सवारी साधन रहेको सम्पत्ति विवरणमा जनाइएको छ।
प्रधानसेनापति थापाको अवकाशपछि कर्मचारी सञ्चयकोषबाट रु ३५ लाख ३७ हजार ६२८, नागरिक लगानी कोषबाट रु १४ लाख ६६ हजार ३१३, सञ्चित बिदा र औषधोपचारवापत प्राप्त हुने सञ्चित मौज्दात रु २५ लाख ९० हजार ७३२ तथा आवास र बिमावापत रु चार लाख ९७ हजार २७४ बचत मौज्दात अवकाश हुने मितिका हिसाबले प्राप्त हुने जानकारी दिइएको छ।
यस्ताे छ, सम्पत्ति विवरण –




काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मूल्य तोलामा १...
काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठकमा नेपाली कांग्रेसका सांसद निश्कल राईले गणपूरक संख्यामाथि प्रश्न...
काठमाडौं : विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मूल नारा...