पार्टीको प्रचार र विपक्षी प्रहारको प्रतिवाद गर्न कांग्रेसद्वारा ‘वार रुम’ गठन – Naya Bikalpa
August 12, 2026, Wednesday      Epaper

पार्टीको प्रचार र विपक्षी प्रहारको प्रतिवाद गर्न कांग्रेसद्वारा ‘वार रुम’ गठन

काठमाडौं । नेपाली कांग्रेसले प्रविधिमैत्री कांग्रेस अभियान निरन्तरताको क्रममा ‘एनसी विन’ गठन गर्दै अल्पकालिन कामको रुपमा ‘वार रुम’ गर्ने भएको छ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा प्रमुख रहेको सूचना, सञ्चार तथा प्रचार विभागले एनसी विन (नेपाली कांग्रेस वाइड्ली इन्फर्मेसन नेटवर्क) गठन गरी पार्टीको प्रविधि सम्बन्धि र सामाजिक संजाल समन्व गर्न अल्पकालिन कामको रुपमा वार रुम गठन गर्ने निर्णय गरेको हो।

विभागका सदस्य सचिव दिनेश थापा मागरका अनुसार तत्कालिन कामको रुपमा पार्टीको १४औं महाधिवेशनको प्रचार गर्ने र अल्पकालिन काम अन्तरगत स्थानीय, प्रदेश र संघको आगामी महानिर्वाचनमा प्रविधि र आन्तरिक रणनीतिमार्फत पार्टीको प्रचार एवं विपक्षी प्रहारको प्रतिवाद गर्न ‘वार रुम’ को संगठित अवधारणा बमोजिम कार्य विभागले गर्ने भएको हो।

विभागले दीर्घकालीन काम अन्तरगत पार्टीको विभिन्न तहलाई प्रविधि मार्फतको सहजीकरण र सामाजिक संजालमार्फत सकारात्मक सामाजिक प्रभावका लागि दीर्घकालीन उपयोगमा केन्द्रित रहने निर्णय गरेको छ।

विभाग सदस्य एवं पार्टीको प्रविधि र सामाजिक संजाल उपसमितिका संयोजक ई. दिपेश विष्टको संयोजकत्वमा एनसी विनको २७ सदस्यीय केन्द्रीय संरचना तथा ७ प्रदेश संरचना अलग्गै संरचना निर्माण गरिएको पार्टीले जनाएको छ। विभागले एनसी विनको संरचनाका लागि कार्यविधि र आचारसंहिता निर्माण गरेर पारित गरेको जनाइएको छ।

विभागको चौथो पूर्ण बैठकको निर्णय सार्वजनिक गर्न विभागका सदस्य सचिव मगरद्वारा जारी विज्ञप्तिमा पार्टीको १४औं महाधिवेशनको लागि “कांग्रेसमा उत्साह, एकता, रुपान्तरण सफल बनाऔं १४ औं महाधिवेशन” भन्ने नारा समेत तय गरेको छ।

पार्टीको महाधिवेशनको पूर्वसन्ध्यामा नीति र विचार केन्द्रित प्रचारको “चिन्तन चौधौं महाधिवेशन” कार्यक्रम आयोजना गर्ने र एक दर्जन बढी बिषयमा ‘प्यानल डिस्कसन’ गरिने भएको छ । ‘चिन्तन चौधौं महाधिवेशन’ कार्यक्रम संयोजनको जिम्मेवारी विभागका उपप्रमुख डा. सुरेश आचार्यलाई दिइएको छ।

विभागका सदस्य रामचन्द्र घिमिरेको संयोजकत्वमा गठित “नेपाली कांग्रेसको नेतृत्वमा हासिल उपलब्धि अध्ययन कार्यदल” ले बुझाएको अध्ययन प्रतिवेदन ग्रहण गर्दै विभागको बैठकले संयोजक र कार्यदल सदस्यहरुलाई धन्यवाद प्रदान गरेको छ।

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको शुभकामना : युवाको ऊर्जा राष्ट्र निर्माणमा उपयोग गर्नुपर्नेमा जोड
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको शुभकामना : युवाको ऊर्जा राष्ट्र निर्माणमा उपयोग गर्नुपर्नेमा जोड
  • २०७८ भाद्र २२, १६: ४५

काठमाडौँ ।  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा देशभरका युवालाई शुभकामना व्यक्त गर्दै युवाको ऊर्जा,...

गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित
गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित
  • २०७८ भाद्र २२, १६: ४५

काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठकमा नेपाली कांग्रेसका सांसद निश्कल राईले गणपूरक संख्यामाथि प्रश्न...

अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
  • २०७८ भाद्र २२, १६: ४५

काठमाडौं : विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मूल नारा...