सोमबार बढेर छलाङ मारेको शेयरमा मंगलबार ओरालो लाग्यो – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

सोमबार बढेर छलाङ मारेको शेयरमा मंगलबार ओरालो लाग्यो


काठमाडौं । नेपाल राष्ट्रबैंकले शेयर धितो राखेर ऋण लिन पाउने प्रवाधानमा कडाई गरेपछि शेयर कारोबारको पहिलो दिन उच्च गिरावट आए पनि सोमबार कीर्तिमानी छलाङ मारेर बृद्धि भएको नेप्से आज साताको तेस्रो दिन मंगलबार भने ओरालो लागेको छ। आइतबार १०८.२६ अंकले घटेको बजार सोमबार १६२ अंकले बढेपनि आज फेरि ४४.१८ अंकले घटेर २९३६.६० विन्दुमा झरेको छ।

मंगलबार शेयर बजारमा १.४८ प्रतिशतले गिरावट आएको छ। कारोबार रकममा पनि गिरावट आएको छ। मंगलबार ७ अर्ब ४९ करोड रुपैयाँको मात्र कारोबार भएको छ। दुई साता अघिसम्म शेयरमा दैनिक १७ अर्ब बरावरको कारोबार हुने गरेको थियो। मंगलबार कुल २२२ कम्पनीको ८६ हजार ५ सय ८ पटक कारोबारबाट १ करोड ५० लाख ८२ हजार ८१ कित्ता शेयर किनबेच भएको छ।


आज कारोबारमा आएका १३ उपसमूहमध्ये दुई उपसमूहको परिसूचक उकालो लागेको छ भने बाँकी ११ उपसमूहको ओरालो लागेको छ। यस दिन अन्य र म्युचुअल फण्ड उपसमूहको परिसूचक क्रमशः १.०१ प्रतिशत र ०.५६ प्रतिशत बढेको छ। कारोबारमा आएको होटल तथा पर्यटन, निर्जीवन बीमा र लघुवित्त उपसमूहको परिसूचक यस दिन २ प्रतिशतभन्दा बढी घटेको छ।

पछिल्लो केही दिनहरुदेखि कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको अरुण भ्याली हाइड्रोपावरलाई यस दिन युनाइटेड मोदी हाइड्रोपावरले उछिनेको छ। यस दिन युनाइटेड मोदीको ६१ करोड ९२ लाख रुपैयाँको शेयर खरिदबिक्री हुँदा अरुण भ्यालीको ३८ करोड ४२ लाखको शेयर कारोबार भएको छ।

मंगलबार होटेल तथा पर्यटन, ननलाइफ इन्स्योरेन्स र माइक्रोफाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी गुमाए । म्यूचअल फण्ड र अन्य समुहबाट मंगलबार सबै उपसमूह राताम्मे रहे । यस दिन सानिमा लाइफ इन्स्योरेन्सको पोटेटिभ सर्किट लेवलमा कारोबार भयो । यो कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ।

युनाइटेड मोदी हाइड्रोपावर, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, युनिलिभर नेपाल लिमिटेड, महालक्ष्मी स्मार्ट लघुवित्तसहितका कम्पनीका लगानीकताले बढी कमाए। धेरै गुमाउने कम्पनीका लगानीकर्तामा आरएमडीसी लघुवित्त, रुरु जलविद्युत, प्रोग्रेसिभ फाइनान्स, फस्र्ट माइक्रोफाइनान्सजस्ता कम्पनी रहे।

सम्बन्धित समाचार

महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन : कांग्रेस सभापति थापा
महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन : कांग्रेस सभापति थापा
  • २०७८ भाद्र २२, १७: १९

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने...

ग्यासको कालोबजारी रोक्न अनुगमन
ग्यासको कालोबजारी रोक्न अनुगमन
  • २०७८ भाद्र २२, १७: १९

काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...

रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने, मन्त्रीहरूले नागरिकसँग प्रत्यक्ष संवाद गर्नुपर्ने
रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने, मन्त्रीहरूले नागरिकसँग प्रत्यक्ष संवाद गर्नुपर्ने
  • २०७८ भाद्र २२, १७: १९

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी भदौ महिनादेखि ‘नागरिक, नीति र नेतृत्व’ नामक नयाँ कार्यक्रम सुरु गर्ने भएको छ ।...