
काठमाडौं । शेयर बजार परिसूचक नेप्से बुधबार ६०.०२ प्रतिशतले ओरालो लागेको हो। यो साताको पहिलो दिन आइतबार १०८.२६ अंकले घटेको शेयर बजारमा सोमबार १६२ अंकको वृद्धि हुँदा लगानीकर्ता उत्साहित थिए । तर, मंगलबार र बुधबार लगातार बजारमा उच्च गिरावट आएपछि लगानीकर्ताहरु निरास भएका छन्।
मंगलबार ४४.१८ अंकले घटेको शेयर बजार बुधबार ६०.०२ अंक अर्थात २.०४ प्रतिशतले घटेको हो। बुधबार २८७६.५९ बिन्दुमा झरेर कारोबार बन्द भएको छ।
लगातार भारी अंकले शेयर बजारमा गिरावट आएपछि लगानी कर्तामा निरासा छाएसँगै कारोबार रकममा समेत ठूलो कमी आएको छ । बुधबार मात्र ६ अर्ब ६४ करोड ६६ लाख २३ हजार ४ सय २७ रुपैयाँ बराबरको मात्र कारोबार भयो। मंगलबार ७ अर्ब ४९ करोड रुपैयाँको कारोबार भएको थियो।
बुधबार कुल २२५ कम्पनीको ७४ हजार ८९० वटा कारोबार भएको छ । यसबाट १ करोड ६१ लाख ४८ हजार ६ सय ५२ कित्ता शेयर किनबेच भएको छ । सबैभन्दा बढी गुमाउने लगानीकर्ता वित्त, अन्य, विकास बैंक, व्यापार, लगानी, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा कम्पनीका रहेका छन्।
बुधबार सबैभन्दा बढी कमाउने कम्पनीमा सानिमा लाइफ इन्स्यारेन्सका लगानीकता रहेका छन्। एक्सेल विकास बैंक, राईयाङ हाइड्रो, यूनिर्भसल पावर र स्वरोजगार लघुवित्त विकास बैंकको शेयरमूल्यमा वृद्धि देखियो।
बढी गुमाउने लगानीकर्ता भने लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेड, गुडवील फाइनान्स, नविल समृद्धि फण्ड, सिभिल लघुवित्त वित्तीय संस्था, गुहेश्वरी मर्चेन्ट बैंक तथा फाइनान्सका लगानीकर्ता छन्।
काठमाडौं : जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठलाई पक्राउ गरिएकोप्रति सर्वत्र विरोध भएको छ । प्रहरीले पत्रकार...
काठमाडौं : राष्ट्रिय सभाको बैठक आज बस्दैछ। बिहीबार दिउँसो सवा १ बजे बैठक बस्ने तय छ। बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी...
काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...