प्रभुराम शर्माद्वारा प्रधानसेनापतिको सपथ, र पदभार ग्रहण (भिडियाे) – Naya Bikalpa
August 14, 2026, Friday      Epaper

प्रभुराम शर्माद्वारा प्रधानसेनापतिको सपथ, र पदभार ग्रहण (भिडियाे)


काठमाडौं । नेपाली सेनाको सर्वोच्च पद प्रधानसेनापतिमा नियुक्त प्रभुराम शर्माले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।


राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहबीच शर्मालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन्।

राष्ट्रपति कार्यालयका अनुसार शर्माले सैनिक ऐन २०६३ को दफा ९ को उपदफा (२) बमोजिम प्रधानसेनापतिको पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्। समारोहमा राष्ट्रपति भण्डारीले शर्मालाई प्रधानसेनापति पदको दज्र्यानी चिन्ह प्रदान गरेकी छन्।

आजको औपचारिक समारोहमा प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको उपस्थिति थियो।

राष्ट्रपति भण्डारीले सरकारको सिफारिशमा शर्मालाई यही भदौ ११ गते आजदेखि लागू हुने गरी प्रधानसेनापतिमा नियुक्त गरेकी थिइन्।
नवनियुक्त प्रधानसेनापति शर्माले जङ्गी अड्डामा निशान भगवतीको पूजार्चना गरेर जिम्मेबारी सम्हालेका छन्। उनको सम्मानमा सैनिक टुकडीले प्रधानसेनापति सम्मान गारत अर्पण गरिएको छ । आजै पदबहाली, रथीवृन्दलाई सम्बोधन तथा सैनिक मञ्च टुँडिखेल र छाउनी पुगेर वीर सैनिकप्रति पुष्पहार अर्पण गरेका छन्।


नवनियुक्त प्रधानसेनापति शर्माले सामूहिक नेतृत्व, तालीम र आर्थिक पारदर्शितालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने घोषणा गरेका छन्। महारथी शर्माले भारतबाट राष्ट्रिय प्रतिरक्षा, संयुक्त राज्य अमेरिकाबाट आतङ्कवाद एवं सुरक्षा, थाइल्याण्ड र पाकिस्तानबाट प्रतिरक्षा तथा बङ्गलादेशबाट शान्ति सेनासम्बन्धी उच्चस्तरीय तालीम लिएका छन्।


युद्धकार्य महानिर्देशक, बलाधिकृत र बलाध्यक्षको जिम्मेवारी सफलतापूर्वक पूरा गरेका शर्मा राष्ट्रिय तथा अन्तरराष्ट्रिय सुरक्षासम्बन्धी समसामयिक समस्या तथा चुनौतीबारे विशेष रुची र चासो राख्दछन् । उनले संयुक्त राष्ट्र संघको शान्ति मिशनअन्तर्गत पूर्वी टिमोरमा गुल्म र कङ्गोमा गणको अन्तरराष्ट्रिय कमाण्ड गरेका छन्।

त्रिभुवन विश्वविद्यालयबाट इतिहासमा स्नातकोत्तर र भारतको मद्रास सवश्वविद्यालयबाट प्रतिरक्षा तथा रणनीतिक शास्त्रमा एमफिल गर्नुभएका शर्मासँग सरल स्वभाव, स्पष्ट अभिव्यक्ति र ठोस निर्णय गर्ने क्षमता छ। सेनाको तीन जोड एक अवधारणाको पुनर्संरचनालाई व्यवस्थित कार्यान्वयन गर्नु उनको प्रमुख कार्यभार रहनेछ। शर्मा ब्राम्हणा समुदायबाट महारथी बन्ने पहिलाे प्रधानसेनापति हाे।

अवकाशप्राप्त प्रधानसेनापति पूर्णचन्द्र थापाको कार्यकाल अपेक्षित सन्तोषजनक रहन नसकेको भन्दै सैन्य अधिकृतबाट पनि गुनासोहरु आएका थिए। उनी प्रचारमुखी भएको, आफ्नालाई काखा र अरुलाई पाखा गराएको र विगतमा बिबादितहरुलाई मुख्य जिम्मेबारी दिएको भनी उनको आलोचना भएको थियो।
थापाले आफ्नो सम्पत्ति विवरण पदमा बहाल भएको र निबृत्त भएको समयमा सार्वजनिक गरेर निकै प्रसंशा पाए । थापाले ऐतिहासिक किल्ला र गढीको संरक्षण तथा पदमार्गको निर्माण र संरक्षणमा देखाएको चासोलाई निकै सकारात्मक रुपमा लिइएको छ। उनको भूमिका गैरराजनीतिक र थठस्थ भएकोमा धेरैले प्रशंसा पनि गरेका छन्।

सम्बन्धित समाचार

सर्पदंश र रेबिजविरुद्धका औषधि केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुग्यो
सर्पदंश र रेबिजविरुद्धका औषधि केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुग्यो
  • २०७८ भाद्र २४, १६: ३०

काठमाडौं ।  सर्पदंश र रेबिजको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम सिरम तथा रेबिज इम्युनोग्लोबुलिन केन्द्रीय भ्याक्सिन स्टोर टेकुमा आइपुगेको छ।...

कांग्रेस बैठक : प्रेस स्वतन्त्रता, संसदीय मर्यादा र रोल्पा पहिरोबारे सरकारको ध्यानाकर्षण, देउवालाई स्वागत
कांग्रेस बैठक : प्रेस स्वतन्त्रता, संसदीय मर्यादा र रोल्पा पहिरोबारे सरकारको ध्यानाकर्षण, देउवालाई स्वागत
  • २०७८ भाद्र २४, १६: ३०

ललितपुर : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, संसदीय मर्यादा कायम राख्ने तथा विपद्मा परेका नागरिकको...

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा
  • २०७८ भाद्र २४, १६: ३०

काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री शाहले प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामापत्र बुझाएका...