
काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेको नाराबाजीका बीच अर्थमन्त्री जनार्दन शर्माले आर्थिक अध्यादेश २०७८, राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ र बिनियोजन विधेयक २०७८ पेश गरेका छन्।
प्रतिनिधिसभाको शुक्रबार दिउँसो १ बजे बसेको पहिलो बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले अबरोध गरेपछि १५ मिनेटको लागि स्थगित भएको थियो।
प्रतिनिधिसभाकाे शुक्रबार दोश्रो पटक दिउँसो १ः५० बजे बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाको अनुमतिले अर्थमन्त्री शर्माले एमाले सांसदहरुको नाराबाजीका बीच संसदको रोष्टम पुगेर तीन अध्यादेश पेश गरेका हुन्।
एमाले सांसदहरुले सत्तापक्षका सांसदहरुको अघिल्तिर उभिएर रोष्टम घेरेपछि सभामुखले आर्थिक अध्यादेश २०७८ पेश गर्न अर्थमन्त्री शर्मालाई अनुमति दिएका थिए। मन्त्रीलाई रोष्टमसम्म जान नदिन एमाले सांसदहरु बाटो छेक्न दौडिएपछि अर्थमन्त्री शर्मा आफ्नो आसनबाट दौडिएर रोष्टम पुगेका थिए।
सरकारले सदनमा पेश गरेको तीनवटै अध्यादेश अश्वीकृत गरियोस भनी प्रस्ताव पेश गर्ने नेमकिपाका सांसद प्रेम सुवाललाई सभामुख सापकोटाले यथास्थानमै प्रस्तावको पक्षमा बक्तव्य दिन आग्रह गरेका थिए।

आफूले पेश गरेको प्रस्तावको बारेमा बक्तव्य दिन छाडेर सुवालले एमसीसी प्रस्ताव सदनबाट अश्वीकत गर्नु पर्ने पक्षमा वकालत गरेका थिए। उनले आफ्ना प्रस्तावको पक्षमा भन्दा शेयर बजार घटबढको विषयमा बोलेका थिए। सुवालले विपक्षी सांसदको अबरोधका कारण आफूलाई प्रस्ताव पेश गर्नको लागि रोष्टम प्रयोग गर्न दिन माग गरे।
उनले प्रतिपक्षको नाराबाजीले गर्दा आफ्नो प्रस्तावको विषयमा सुन्न र सुनाउन नसकिएको भन्दै आफूले प्रस्ताव पेश गर्न नपाएको अवस्थामा कसरी प्रस्ताव अश्वीकृत भयो भनी सभामुखसँग जिज्ञासा राखेका थिए।
सभामुख सापकोटाले तीन वटै अधयादेश अश्वीकृत गरियोस भनी सांसद सुवालले पेश गरेको प्रस्ताव नाराबाजीका बीच सभाको बहुमतले अश्वीकृत भएको जनाएका थिए। अर्थमन्त्री शर्माले पेश गरेको अध्यादेश निर्णयार्थ पेश गर्दा बहुमतले स्वीकृत भएको सभामुखले घोषणा गरेका थिए। प्रतिनिधिसभाको अर्को बैठक आजै १५ मिनेटको लागि स्थगित गरिएको छ।

भिडियाे…
काठमाडौं : विशेष अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा १५ लाख...
ललितपुर : नेपाली कांग्रेसले खाना पकाउने ग्यासको अभाव, विद्युत् खपतमा कर वृद्धि, रासायनिक मलको संकट, बजारमा बढ्दो महँगी तथा सरकारको...
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय (ओडिआई) कप्तान परिवर्तन गर्दै स्पिनर सन्दीप लामिछानेलाई नयाँ कप्तान...