एमाले सांसदको नाराबाजीबीच संसदमा आर्थिक अध्यादेश प्रतिष्थापन गर्ने विधेयक प्रस्तुत – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

एमाले सांसदको नाराबाजीबीच संसदमा आर्थिक अध्यादेश प्रतिष्थापन गर्ने विधेयक प्रस्तुत


काठमाडौं । सरकारले पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको बजेटलाई प्रतिष्थापन गर्ने विधेयक आज सदनमा पेश गरेको छ।


अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभा सञ्चालन नियमावली २०७५को नियम १४९को उपनियम १ र ५ बमोजिम पूर्ववर्ती ओली सरकारले अध्यादेशमार्फत ल्याएको आर्थिक, बिनियोजन र राष्ट्रऋण उठाउने अध्यादेशलाई प्रतिष्थापन गरी ल्याएको बिनियोजन विधेयक २०७८ शुक्रबारको प्रतिनिधिसभाको बैठकमा पेश गरेका हुन्।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले नाराबाजी गर्दै रोष्टम घेरे पनि अर्थमन्त्री शर्माले विधेयक प्रस्तुत गरेका हुन्। शर्माले पेश गरेको विधेयकमा आन्तरिक र बैदेशीक स्रोतबाट प्राप्त सहयोगबाट इन्धन मर्मत, सीप विकास,तालिम, बैठक भत्ता, तालिम भत्ता, भ्रमण र विविध खर्चमा न्युनतम १० प्रतिशतले बजेट कटौति गरेको बताए।


अर्थमन्त्री शर्माले १० प्रतिशतले ति शीर्षकमा कटौति गर्दा बचत हुन आउने ५ अर्ब रुपैयाँ कोभिड १९ बिरुद्धको खोप खरिदमा खर्च गरिने बताए। विधेयकमा चैत मसान्त भित्रमा मेलम्चीको खानेपानी उपत्यकामा वितरण गर्ने गरी क्षति भएको मेलम्चीको मर्मतसम्भार गरिने जनाइको छ।


अर्थमन्त्रीले प्रतिष्थापन गरिएको बजेटमा मिर्गौला रोगीको उपचारको लागि मासिक ५ हजार रुपैयाँ उपलब्ध गराउने, काठमाडौंको १० स्थानमा सुलभ र सस्तो खानको व्यवस्था गर्ने, नारायणहिटी संग्राहलयलाई रामापिथेकसदेखिका शासकहरुको यथार्थ झल्कने गरी एकीकृत शासकिय संग्राहलयको लागि बजेट निर्धारण गरिएको छ।

सम्बन्धित समाचार

महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन : कांग्रेस सभापति थापा
महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन : कांग्रेस सभापति थापा
  • २०७८ भाद्र २५, १६: ३७

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने...

ग्यासको कालोबजारी रोक्न अनुगमन
ग्यासको कालोबजारी रोक्न अनुगमन
  • २०७८ भाद्र २५, १६: ३७

काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...

रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने, मन्त्रीहरूले नागरिकसँग प्रत्यक्ष संवाद गर्नुपर्ने
रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने, मन्त्रीहरूले नागरिकसँग प्रत्यक्ष संवाद गर्नुपर्ने
  • २०७८ भाद्र २५, १६: ३७

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी भदौ महिनादेखि ‘नागरिक, नीति र नेतृत्व’ नामक नयाँ कार्यक्रम सुरु गर्ने भएको छ ।...