नागार्जुनमा १०८औं वी.पी.जयन्ती मनाइयो – Naya Bikalpa
August 10, 2026, Monday      Epaper

नागार्जुनमा १०८औं वी.पी.जयन्ती मनाइयो

काठमाडौं । नागार्जुन नगरपालिका वडा नं. ७ स्युचाटारमा १०८औं वीपी जयन्ती विभिन्न कार्यक्रम गरी मनाइयो।


नेपाली काँग्रेसका नवआगन्तुक क्रियाशील सदस्यहरुले वडा नं.७ अन्तर्गत साविक वडा नं. ८ का युवाहरुले आयोजना गरेको विचार गोष्टीमा सभापतिको आसनबाट काँग्रेसका पुराना नेता दामोदर गौतमले वी.पी.को समाजवादको अर्थ राजनीति कुर्सीका लागि नभएर समाज सेवाका लागि भएको सोही अनुशरण गर्न आग्रह गरे।


नेपाली काँग्रेसका केन्द्रीय सदस्य किरण गिरीले वी.पी.ले राष्ट्र, राष्ट्रियतालाई आत्मसाथ गर्दै वीपीले अंगालेको समाजवादले नै मुलुकलाई डोहो¥याई रहेको बताए।


पार्टीका महाधिवेशन प्रतिनिधि तथा पूर्वक्षेत्रिय सभापति धर्मराज गौतमले राजनीति सेवा भएको हुँदा कठिन पनि छ कठिन यात्राका लागि नवआगन्तुक क्रियाशिल सदस्यहरुले अलि बढी जागरुक हुनुपर्ने कुरामा जोड दिए। उनले वीपी राजनीतिज्ञ मात्र नभएर राजनैतिक, आर्थिक, सामाजिक क्रान्तिका नायक भएको बताए।


गौतमले महामानव भनेर बीपीका दर्शन अनुसार काँग्रेसलाई हिँडाउन प्रयत्न गरेको बताए। युवा नेतृ एवम् काँग्रेस महाधिवेशन प्रतिनिधि रिता ढकालले काँग्रेसभित्र अनुसाशन पनि एउटा महत्वपूर्ण विषय भएको हुँदा नवआगन्तुक सक्रिय सदस्यहरुलाई वीपीको आदर्शलाई सधै सिरोधार्य गरी रहन आग्रह गरीन्। नेतृ ढकालले सहमती र सहकार्यनै काँग्रेसको मूल मर्म भएको हुँदा आगामी महाधिवेशनमा पनि सहमती र सहकार्यलाई अगाडि बढाउन जोड दिईन्।


वडाअध्यक्ष एवम् नेपाली काँग्रेस ७ नं.वडा सभापति रमेश गौतम, नेपाली काँग्रेस वडा नं. १० का सभापति एवम् वडा अध्यक्ष सुन्दर लामिछाने, स्थानीय कर्मचारी संघका नेता एवम् बौद्धिक व्यक्तित्व गंगाधर गौतम, युवा बौद्धिक व्यक्तित्व दुर्गा गौतम, काँग्रेस प्रचार विभागका निवर्तमान सदस्य सचिव एवम् वरिष्ठ पत्रकार दामोदर प्रसाद दवाडी, काँग्रेस नागार्जुन वडा नं ७ का ईकाई सभापति भएका देवेन्द्र गिरी लगायतले वीपीका आदर्शका बारेमा प्रकाश पारेका थिए।


त्यसैगरी नागार्जुन वडा ७ का वडा सदस्य शशी गिरी, पुराना काँग्रेस कृष्णहरि गौतम, मदन प्रसाद गौतम, रामेश्वर गौतम, ट्रेड युनियन काँग्रेसका अनन्त गौतम, सन्तोष गौतम, लक्ष्मी प्रसाद गौतम, चलचित्रकर्मी दिव्येश्वर गौतम, विद्यार्थी नेता अनिल खनाल, इकाई उपाध्यक्ष सुन्दर दवाडी, नेपाल टेलीकम वर्कस युनियनका उपमहासचिव विष्णु दवाडी लगायत नवआगन्तुक क्रियाशिल सदस्यहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।


१०८औं वीपी जयन्तीको अवसरमा नवआगन्तुक क्रियाशिल सदस्यहरुले १०८ वटा मैनबत्ति बालेका थिए। विचार गोष्ठी कार्यक्रको सञ्चालन नवआगन्तुकको तर्फबाट सविन गौतमले गरेका थिए ।

सम्बन्धित समाचार

पोखरा विमानस्थल भ्रष्टाचार : पूर्वमन्त्री कार्कीलाई १५ लाख धरौटीमा छाड्न आदेश
पोखरा विमानस्थल भ्रष्टाचार : पूर्वमन्त्री कार्कीलाई १५ लाख धरौटीमा छाड्न आदेश
  • २०७८ भाद्र २५, १७: ४७

काठमाडौं : विशेष अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा १५ लाख...

ग्यास, विद्युत्, मल र महँगी : सरकारको कार्यशैलीमाथि कांग्रेसको प्रश्नै प्रश्न
ग्यास, विद्युत्, मल र महँगी : सरकारको कार्यशैलीमाथि कांग्रेसको प्रश्नै प्रश्न
  • २०७८ भाद्र २५, १७: ४७

ललितपुर : नेपाली कांग्रेसले खाना पकाउने ग्यासको अभाव, विद्युत् खपतमा कर वृद्धि, रासायनिक मलको संकट, बजारमा बढ्दो महँगी तथा सरकारको...

४ वर्षपछि कप्तानको जिम्मेवारीमा फर्किए सन्दीप
४ वर्षपछि कप्तानको जिम्मेवारीमा फर्किए सन्दीप
  • २०७८ भाद्र २५, १७: ४७

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय (ओडिआई) कप्तान परिवर्तन गर्दै स्पिनर सन्दीप लामिछानेलाई नयाँ कप्तान...