बारा र पर्सामा आठ पक्की पुल निर्माण – Naya Bikalpa
August 26, 2026, Wednesday      Epaper

बारा र पर्सामा आठ पक्की पुल निर्माण

नया विकल्प,

काठमाडौं- बारा र पर्सा दुई जिल्लामा गत आर्थिक वर्ष २०७७/७८ मा चार/चार पक्की पुल निमार्ण भएका छन्।

हेटौँडास्थित सडक डिभिजन कार्यालयका अनुसार विभिन्न आव निर्माण सुरुआत भएका थिए। कार्यालयको कार्यक्षेत्र बारा, पर्सा र मकवानपुर पर्दछ।

कार्यालयका इञ्जीनियर लोमस उपाध्यायका अनुसार निर्माण सम्पन्न भएका पुलमा बाराको पसहाल, सिम्रौनगण कन्कालनी पोखरी पश्चिम पट्टि, पसाहाखोला र सिगहा नदीका पुल छन् भने पर्साकोमा सुपौलीको उत्तर, श्रीसियाखोला ड्राइपोट बाइपास परवानीपुर सडक, मरलहिया नदी र स्मृति पुल छन्।

ती पुल न्यूनतम रु एक करोड ५२ लाखदेखि अधिकतम रु सात करोड ७२ लाखमा निमार्ण भएका हुन्।

सम्बन्धित समाचार

रसुवा बाढीका कारण भएको क्षतिप्रति कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बानियाँद्वारा दु:ख व्यक्त गर्दै उद्धारमा जुट्न आग्रह
रसुवा बाढीका कारण भएको क्षतिप्रति कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बानियाँद्वारा दु:ख व्यक्त गर्दै उद्धारमा जुट्न आग्रह
  • २०७८ भाद्र २७, ०९: ०६

हेटौंडा : चीनको तिब्बत क्षेत्रबाट आएको बाढीका कारण रसुवा र नुवाकोट लगायतका जिल्लामा पुगेको भौतिक तथा मानवीय क्षतिप्रति नेपाली कांग्रेस...

भोटेकोशी बाढीले ४३१ मेगावाटभन्दा बढी विद्युत् उत्पादन प्रभावित
भोटेकोशी बाढीले ४३१ मेगावाटभन्दा बढी विद्युत् उत्पादन प्रभावित
  • २०७८ भाद्र २७, ०९: ०६

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ११ जलविद्युत् आयोजना र नेपाल विद्युत् प्राधिकरणको एक सौर्य आयोजनाको विद्युत् उत्पादन...

त्रिशूली बजारका ६० घर र दुई पक्की पुल बगायो, जलविद्युत् आयोजनामा क्षति
त्रिशूली बजारका ६० घर र दुई पक्की पुल बगायो, जलविद्युत् आयोजनामा क्षति
  • २०७८ भाद्र २७, ०९: ०६

नुवाकोट : रसुवाबाट आएको भीषण बाढीका कारण नुवाकोटको त्रिशूली बजार र देवीघाट क्षेत्रमा ठूलो क्षति पुगेको छ । बाढीले त्रिशूली...