संखुवासभाको मादीमा एकै परिवारका ६ जना हत्याका आरोपी लोकबहादुर सार्वजनिक – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

संखुवासभाको मादीमा एकै परिवारका ६ जना हत्याका आरोपी लोकबहादुर सार्वजनिक


काठमाडौँ — प्रहरीले संखुवासभाको मादी नागरपालिका वडा नं.–१ उम्लिङस्थित खोलागाउँका तेजबहादुर कार्कीसहित परिवारका ६ जनाको हत्याको आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीलाई आज सार्वजनिक गरेको छ ।


नातामा भतिजा पर्ने छिमेकी लोकबहादुर कार्कीलाई प्रहरीले आइतबार बिहान पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। प्रहरीले लोकबहादुरलाई शनिबार पक्राउ गरेको थियो।


हत्या गरिएका व्यक्तिहरुको टाउकोमा गहिरो चोट लागेको पाइएको छ । हत्या गर्ने क्रममा टाउकोमा नै प्रहार गरको पाइएको प्रहरीले जनाएको छ। हत्या गरिएका तेजबहादुरको नातामा भतिजा पर्ने २६ बर्षिया लोकबहादुरले सबैको हत्या आफू एक्लैले गरेको स्वीकारेका थिए।


अभियुक्त लोकबहादुरले आफूलाई तेजबहादुरले घृणा गरेका कारण भदौ २१ गते बिहान ५ देखि ६ बजेको बीचमा उनको हत्या गरेको र उनको हत्या गर्दा प्रतिवाद गर्न खोज्ने हजुरआमा, ठूलीआमा, भाउजु र भतिजाहरुको पनि हत्या गरेको प्रहरीलाई जनाएका थिए।


लोकबहादुरले ८४ वर्षकी हजुरआमा पार्बता, ५८ वर्षे ठूलाबुवा तेजबहादुर, ५२ बर्षे ठूलीआमा कमला, ३२ वर्षे भाउजु रञ्जना, ११ बर्षे भतिजो दिपेन र सात बर्षिया भतिजी गोमा कार्कीको हत्या गरेको प्रहरीसँगको बयानमा बताएका छन्।


कार्की परिवारका ६ जनाको हत्याको खबर गाउँलेलाई सबैभन्दा पहिले लोकबहादुरले नै दिएका थिए। प्रहरीले अनुसन्धामा प्रयोग गरेको कुकुरले पनि लोकबहादुर तर्फ नै संकेत गरेको थियो। प्रहरीलाई लोकबहादुरको घरमा रगत लागेको एउटा कपडा फेला परेपछि शंकाको सुई लोकबहादुर तिर नै तर्सिएको थियो।

सम्बन्धित समाचार

भक्तपुरको सुधार गृहमा युवकको मृत्यु
भक्तपुरको सुधार गृहमा युवकको मृत्यु
  • २०७८ भाद्र २७, १२: २२

भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित उत्साहित सुधार गृहमा एक युवकको मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको छ । सुधार गृहमा...

महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन : कांग्रेस सभापति थापा
महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन : कांग्रेस सभापति थापा
  • २०७८ भाद्र २७, १२: २२

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने...

ग्यासको कालोबजारी रोक्न अनुगमन
ग्यासको कालोबजारी रोक्न अनुगमन
  • २०७८ भाद्र २७, १२: २२

काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...