पेरुका कम्युनिष्ट नेता गोन्जालोको जेलमा निधनः प्रचण्डद्वारा समवेदना – Naya Bikalpa
August 7, 2026, Friday      Epaper

पेरुका कम्युनिष्ट नेता गोन्जालोको जेलमा निधनः प्रचण्डद्वारा समवेदना


काठमाडौं । पेरुका साम्यबादी नेता गोन्जालोको जेलमा बन्दी जीवन विताइरहेकै अवस्थामा ८६ वर्षको उमेरमा शनिबार निधन भएको छ।

उनी सन् १९९२ (बिसं २०४९)देखि जेलमा थिए। देशमा आतंक फैलाएको आरोपमा उनलाई सरकारले आजीवन कारावासको सजायँ दिएको थियो। गोञ्जालोको निधनप्रति दुःख व्यक्त गर्दै सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पेरु कम्युनिष्ट पार्टीका नेता गोन्जालोको निधनले क्रान्तिको एउटा मोडेल तत्कालका लागि अन्त्य भएको बताएका छन्।


प्रचण्डले गोन्जालो वैचारिक निष्ठा, त्याग र समर्पणको प्रतीक बनेको भन्दै उनको निधनमा श्रद्धाञ्जली प्रकट पनि गरेका छन्। गोन्जालोले गाउँ घेर्दै शहर कब्जा गर्ने रणनीति अवलम्बन गरेका थिए।

दार्शनिक नेता गोन्जालो विश्वभरका कम्युनिष्ट क्रान्तिकारीका प्रेरणाका स्रोत मानिन्छन्। गोन्जालोको वास्तविक नाम अबिमेल गुजम्यान हो। उनको जन्म सन् १९३४ मा पेरुको दक्षिणी क्षेत्र मोलेन्डो शहर नजिक भएको थियो।

सन् १९९० को दशकमा पेरु कम्युनिष्ट पार्टी (साइनिङ पाथ)का अध्यक्ष गोन्जालोको नेतृत्वमा सशस्त्र जनयुद्ध सुरु भएको थियो। गाउँदेखि शहर घेर्ने रणनीति अन्तर्गत सो क्रान्तिले पेरुका अधिकांश गाउँ र केही मुख्य शहरहरुसमेत कब्जा गरेको थियो।

साइनिङ पाथ राजधानी लिमासहित केन्द्रीय सत्ता पनि कब्जा गर्ने उद्देश्यको नजिक पुगिसकेको बेला १९९२ सेप्टेम्बर १२ तारिखका दिन राजधानी लिमा शहरको एक घरबाट गोन्जालो पक्राउ परेका थिए।

उनलाई सैनिक जेलमा थुनेर आजीवन काराबासको सजायँ सुनाइयो। सन् १९८१ बाट शुरु भएको पेरुको कम्युनिष्ट क्रान्तिले गम्भीर धक्का खायो र १९९५ सम्म केन्द्रीय सत्ता कब्जा गरेर नयाँ जनवादी क्रान्ति सम्पन्न गरिसक्ने योजना सफल हुन सकेन। तर पेरुमा १९९९ सम्म चलेको जनयुद्धको क्रममा ७० हजारको ज्यान गएको थियो।

सम्बन्धित समाचार

देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
  • २०७८ भाद्र २७, १३: २९

काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...

सत्तारुढ सांसद नै भन्छन्- राज्य सञ्चालन गर्न सरकारको ढंग पुगेन
सत्तारुढ सांसद नै भन्छन्- राज्य सञ्चालन गर्न सरकारको ढंग पुगेन
  • २०७८ भाद्र २७, १३: २९

काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले राज्य सञ्चालनमा सरकारले ढंग पुर्‍याउन नसकेको टिप्पणी गरेका छन्...

ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरत : उद्योगमन्त्री
ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरत : उद्योगमन्त्री
  • २०७८ भाद्र २७, १३: २९

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले खाना पकाउने ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले पहल गरिरहेको...