
काठमाडौं । प्रतिनिधिसभाको आइतबारको बैठक पनि नेकपा एमालेका सांसदहरुले अवरुद्ध पारेका छन्। नेकपा एमालेले गत भदौ १ गते पार्टीबाट निष्कासित गरेका माधवकुमार नेपाल लगायतका १४ सांसदलाई सभामुखले मान्यता नदिएको विरोधमा एमालेले लगातार संसद अवरोध गर्दै आएको हो।
एमालेले कारबाही गरी सभामुखलाई जानकारी दिए पनि नेता नेपालसहितका तत्कालिन १४ सांसदलाई कारबाही नगरेको भन्दै आइतबार प्रतिनिधि सभाको बैठक शुरु हुनासाथ एमाले सांसदहरु वेलमा आई नाराबाजी गरिरहेका हुन्। आइतबार दिउँसाे १ बजेर २५ मिनेटमा शुरू भएकाे बैठक सांसदहरूकाे बारम्बारकाे नाराबाजीपछि सभामुख अग्नीप्रसाद सापकाेटाले १५ मिनेटकाे लागि बैठक स्थगित गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठक शुरु हुनुअघि नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले सभामुख सापकोटा सभामुखको कुर्सीमा बस्न लायक नभएको आरोप लगाउँदै प्रतिपक्षी दल फुटाउन सभामुखको ‘षड्यन्त्रपूर्ण संलग्नता’ भएकाले संसदको अवरोध कायम राख्न आफ्ना सांसदहरुलाई निर्देशन दिएका थिए।

उनले पार्टीले तोकेका नाराहरु मात्र लगाउन र संसदीय मर्यादामा बसेर विरोध गर्न उनले सांसदहरुलाई निर्देशन दिएका छन्। शुक्रबार प्रतिस्थापन विधेयक पेश गर्ने क्रममा एमाले सांसदहरुले रोष्टममा चढ्ने प्रयास गरेका थिए भने गृहमन्त्रीको माइक खोसेका थिए । त्यसको चर्को आलोचना भएपछि एमालेले सांसदहरुलाई प्रशिक्षित गर्न भन्दै आइतबार संसदीय दलको बैठक राखेको थियो।
ओलीले भने ‘हामी वेलमा जान्छौं । नारा लगाउँछौं । सामान्य अवस्था आयो भने विस्तारै नारा लगाउने, अलिकति बढी एग्रेसिभ भएर सभामुख वा सत्तापक्ष आउँदा चर्को आवाजमा लगाउने हुनसक्छ । तर हामीले नारा लगाउने र बेलमा जाने भन्दा बाहिर जानु हुँदैन ।’

भिडियाे…
काठमाडौं : विशेष अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा १५ लाख...
ललितपुर : नेपाली कांग्रेसले खाना पकाउने ग्यासको अभाव, विद्युत् खपतमा कर वृद्धि, रासायनिक मलको संकट, बजारमा बढ्दो महँगी तथा सरकारको...
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय (ओडिआई) कप्तान परिवर्तन गर्दै स्पिनर सन्दीप लामिछानेलाई नयाँ कप्तान...