मन्त्री हुनेको नाम दिन देउवाको आग्रहः नेताहरुले भने ‘केही दिन पर्खनुस्’ – Naya Bikalpa
August 14, 2026, Friday      Epaper
सत्ता गठबन्धनको बैठकः

मन्त्री हुनेको नाम दिन देउवाको आग्रहः नेताहरुले भने ‘केही दिन पर्खनुस्’



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ घटकका शीर्ष नेतालाई सरकारमा सहभागी हुने मन्त्रीको नाम चाँडो दिन आग्रह गरेका छन्।

प्रधनमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार दिउँसो बसेको बैठकमा प्रधानमन्त्री देउवाले शीर्ष नेताहरुसँग मन्त्रीको नाम दिन आग्रह गरे पनि नेताहरुले भने केही समय पर्खन भनेका छन्।

आजको बैठकमा प्रधानमन्त्री तथा नेपली कांग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्री पूर्णबहादुर खड्का, नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजबादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजबादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनामोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलको सहभागिता थियो।

गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार झण्डै २ महिना बितिसक्दा पनि पूर्णता पाउन नसकेको भन्दै सर्वत्र आलोचना भइरहेको छ। मन्त्रीपरिषद्मा कांग्रेसको तर्फबाट २ मन्त्री र एक राज्यमन्त्री तथा माओबादी केन्द्रबाट २ जना मात्र मन्त्री भएका छन्।

सम्बन्धित समाचार

सर्पदंश र रेबिजविरुद्धका औषधि केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुग्यो
सर्पदंश र रेबिजविरुद्धका औषधि केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुग्यो
  • २०७८ भाद्र २७, १५: ३७

काठमाडौं ।  सर्पदंश र रेबिजको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम सिरम तथा रेबिज इम्युनोग्लोबुलिन केन्द्रीय भ्याक्सिन स्टोर टेकुमा आइपुगेको छ।...

कांग्रेस बैठक : प्रेस स्वतन्त्रता, संसदीय मर्यादा र रोल्पा पहिरोबारे सरकारको ध्यानाकर्षण, देउवालाई स्वागत
कांग्रेस बैठक : प्रेस स्वतन्त्रता, संसदीय मर्यादा र रोल्पा पहिरोबारे सरकारको ध्यानाकर्षण, देउवालाई स्वागत
  • २०७८ भाद्र २७, १५: ३७

ललितपुर : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, संसदीय मर्यादा कायम राख्ने तथा विपद्मा परेका नागरिकको...

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा
  • २०७८ भाद्र २७, १५: ३७

काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री शाहले प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामापत्र बुझाएका...