
तपाईले आफ्नो राजनीतिक यात्राको सुरुवात कहिलेदेखि र कसरी गर्नुभयो ?
मेरो राजनीतिक यात्राको सुरुवात १८ वर्ष पहिले नै भएको हो। मैले राजनीतिको सुरुवात गरेको नै दलित संघ काठमाडौं जिल्लाको साधारण सदस्य भएर अहिले निरन्तर रुपमा लागि रहेको छु। नेपाली काँग्रेसको १३औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि भएर काम गर्ने अवसर पनि पाएँ। काठमाडौं जिल्ला दलित संघमा आबद्ध भएर सदस्य दुई कार्यकाल, सह–सचिव, सचिव र अहिले अध्यक्ष भएर काम गर्ने मौका पाएको छु।

विभिन्न जातजातिको संघसंस्था राजनीतिक पार्टीसँग कसरी जोडिन पुग्यो होला जस्तो लाग्छ त यहाँलाई?
जातजाती भनेको कुनै समुदायमा बस्ने व्यक्ति, लिङ्ग र समूह नै हो। जातजातिको संघसंस्था राजनैतिक पार्टीसँग जोडिन पुग्यो भन्दा पनि पार्टी भनेको एउटा संगठन हो । सबै जातजाती, धर्म, लिङ्ग र समुदाय जोडिएर नै एउटा विशाल पार्टी संगठन बन्ने गर्छ र हरेक पार्टीमा जातिगत संगठन हुने गर्दछ। दलित संघ पनि एउटा नेपाली काँग्रेसको भ्रातृ संगठन हो। नेपाली काँग्रेसको भातृ संस्थाहरु महिला संघ, नेविसंघ र तरुण दल जस्तै दलित संघ पनि नेपाली काँग्रेसको मुख्य अंग हो।
नेपालभरी दलितहरुको संख्या कति छ र त्यसमध्ये कति जना राजनीतिक पार्टीमा आबद्ध होलान् ?
नेपालको कुल जनसंख्याको १३.८ प्रतिशतमा दलित समुदायका मानिसहरु छन्। जसमध्ये ४५ हजार नेपाली काँग्रेसको क्रियाशील सदस्य छन् । पहिलाको तुलनामा हेर्ने हो भने दलित समुदायबाट राजनीतिक पार्टीमा सक्रिय हुनेको संख्या बढ्दो रुपमा छ।
४५ हजार क्रियाशिल सदस्य छन् भन्दै गर्दा क्रियाशिल सदस्य बाहेकका मानिसहरुको सक्रियता नेपाली काँग्रेसप्रति कत्तिको देख्नुहुन्छ ?
नेपाली काँग्रेस पार्टी भनेको समावेशी समानुपातिक लोकतान्त्रिक पार्टी हो। जसले सबै जातजाति, धर्म, वर्ग समुदायलाई समेटेर लगेको पार्टी हो। नेपाली काँग्रेसभित्र क्रियाशिल सदस्य बाहेकका मान्छेहरु पनि पार्टीमा आबद्ध हुँदै आएका र हरेक आन्दोलनमा साथ दिँदै आएका छन्।

तपाईहरु त्यति ठुलो संख्यामा पार्टीभित्र आबद्ध हुनुहुन्छ तर पार्टीभित्रैको आन्दोलनमा किन लागि रहनुभएको छ ?
पार्टीभित्रको आन्दोलनमा लाग्नुको कारण के छ भन्दा पार्टीभित्र पनि हाम्रो निश्चित अधिकार हुनुप¥यो, ठाउँ हुनुपर्यो नि ! यति ठाउँ भएन भने पार्टीभित्र लागेर पनि कुनै औचित्य छैन। जस्तो कि महिलाको लागि अधिकार छ, ठाउँ छ। जनजातिको पनि एउटा आफ्नै स्थान छ भनेपछि हामी दलितको लागि पनि हक अधिकार पार्टीभित्र स्थान हुनुपर्यो भन्ने माग हाम्रो हो।
जस्तो कि चार भाई छोरा भएको घरमा बाउले जसरी समान व्यवहार गरेको देखिन्छ त्यस्तै पार्टीभित्र महिला संघ, तरुण दल र नेविसंद्धलाई जुन किसिमको अधिकार छ हामी दलित संघलाई पनि त्यही किसिमको अधिकार हुनुपर्छ भन्ने मान्यता मेरो हो।

त्यसो भए तपाईहरुले पार्टीभित्र के–को लागि आन्दोलन गरिरहनुभएको छ त ?
नेपाली काँगेसभित्र आन्दोलन सुरु गर्नुको कारण १२औं महाधिवेशनमा दलितबाट एक क्षेत्रबाट एक जना महाधिवेसन प्रतिनिधि भएर हामीले नेतृत्व चयन गर्ने अधिकार पाएका थियौं। अधिकार मात्रै नभएर केन्द्रीय कार्यसमितिमा छुट्टै कोटामा भएका पनि थियौं। दलितको कोटाबाट ५ जना केन्द्रीय सदस्य मानबहादुर विश्वकर्मा, मिन विश्वकर्मा, जिवन परियार, सुजाता परियार र लक्ष्मी परियार हुनुहुनछ।
अहिले १४औं महाधिवेशनमा के हुने भयो भन्दा एउटा क्षेत्रबाट एकजना प्रतिनिधि हुन पाउनेमा १८ वटा क्षेत्रमा खाली छ। जसमध्ये काठमाडौंको ९ वटा क्षेत्रमा खाली छ। त्यसैगरी भक्तपुर र ललितपुरमा २-२ क्षेत्र खाली छ। रसुवा, मनाङ, उदयपुर, झापामा पनि खाली छ। यसरी खाली हुँदै जादाँखेरी अठार वटा क्षेत्रमा खाली छ ।

अठार वटा क्षेत्र खाली हुँदैमा आन्दोलन गर्नुपर्ने हो र?
एउटा क्षेत्रमा खाली भयो भने पनि आन्दोलन गर्नुपर्ने हुन्छ। सबैलाई बराबर हुनुपर्छ। धेरै कुराको परिवर्तनको सुरुवातनै काठमाडौं उपत्यकाबाट भएको हुन्छ। काठमाडौं जस्तो संवेदनशील क्षेत्र राजधानीको हरेक ठाउँमा खाली हुँदा यसको असर नेपालभरीका दलित समुदायलाई पर्न जान्छ। काठमाडौंबाट आन्दोलन भएन भने कुनै कुराको सुनुवाई हुँदैन।
दलितको हक अधिकारको लागि अथवा कुनै किसिमको घटना भयो भने हामी काठमाडौंबाटनै तातिनुपर्छ। जस्तै रुकुममा घटना भएको छ र काठमाडौंबाट आन्दोलन गरिदैन भने त्यो घटनाको सुनुवाई नै हुँदैन। काठमाडौं भनेको एकदम संवेदनशील क्षेत्र हो।
नेपाली काँग्रेसको केन्द्रमा प्रतिनिधित्व हुनुपर्यो भन्ने माग हो र तपाईहरुको ?
नेपाली काँग्रेसको केन्द्रीय समितिमा प्रतिनिधित्व भइराखेको नै छ। अब आउने दिनमा पनि हुन्छ। प्रतिनिधित्व पनि भएको छ तर संख्यात्मक हिसाबले चाहिँ पुगेको छैन् ।
काठमाडौं : विशेष अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा १५ लाख...
ललितपुर : नेपाली कांग्रेसले खाना पकाउने ग्यासको अभाव, विद्युत् खपतमा कर वृद्धि, रासायनिक मलको संकट, बजारमा बढ्दो महँगी तथा सरकारको...
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय (ओडिआई) कप्तान परिवर्तन गर्दै स्पिनर सन्दीप लामिछानेलाई नयाँ कप्तान...