सभामुखले बोलाएको सर्वदलिय बैठक प्रमुख प्रतिपक्षी एमालेद्वारा बहिस्कार – Naya Bikalpa
August 28, 2026, Friday      Epaper

सभामुखले बोलाएको सर्वदलिय बैठक प्रमुख प्रतिपक्षी एमालेद्वारा बहिस्कार


काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले भदौ २३ गतेदेखि शुरु भएको प्रतिनिधि सभाको बैठकमा लगातार अबरोध भइरहेको विषयमा छलफल गर्न आज बोलाएको सर्वदलीय बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बहिस्कार गरेको छ।


एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफलपछि एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुखलाई टेलिफोन गरी आफूहरुले अवैध भनेको दल नेकपा एकीकृत समाजबादीको सहभागितामा हुने बैठकमा भाग नलिने जानकारी दिएका थिए।


सभामुखसँगको कुराकानीपछि सर्वदलीय बैठकमा नेकपा एसको पनि सहभागिता रहेको थाहा पाएपछि एमालेका प्रमुख सचेतक भट्टराईले १४ सांसद निष्कासन गरेको सूचना टाँस गर्न वा मार्गप्रसस्त गर्न भनेका थिए।


संसद भवन नयाँबानेश्वरमा सभामुख सापकोटाले बोलाएको सर्वदलिय बैठकमा प्रतिनिधसभामा प्रतिनिधित्व गर्ने दलका संसदीय दलका नेता र संसदीय मामिला मन्त्री सहभागी थिए।


बैठकमा प्रधानमन्त्री तथा कांग्रेस संसदीय दलका एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजबादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजबादी दलका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल र नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालको उपस्थिति थियो।


प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक मात्र सांसद राजेन्द्र लिङ्देन पनि बैठकमा सहभागी थिएनन्।

सम्बन्धित समाचार

आज जनैपूर्णिमा पर्व मनाइँदै
आज जनैपूर्णिमा पर्व मनाइँदै
  • २०७८ भाद्र २८, १६: ३८

काठमाडौं : आज जनैपूर्णिमा पर्व मनाइँदैछ। जनै पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर...

कांग्रेस महाधिवेशन रोक्न तत्काल आदेश नदिनुको अर्थ के हो ? वरिष्ठ अधिवक्ता खनालको यस्तो व्याख्या
कांग्रेस महाधिवेशन रोक्न तत्काल आदेश नदिनुको अर्थ के हो ? वरिष्ठ अधिवक्ता खनालको यस्तो व्याख्या
  • २०७८ भाद्र २८, १६: ३८

काठमाडौं : नेपाली कांग्रेसको महाधिवेशनका सम्बन्धमा सर्वोच्च अदालतले दिएको पछिल्लो आदेशबारे वरिष्ठ अधिवक्ता यदुनाथ खनालले त्यसको कानुनी तथा राजनीतिक अर्थबारे...

भारतले दोस्रो खेपमा ३७.५ टन राहत सामग्री पठायो
भारतले दोस्रो खेपमा ३७.५ टन राहत सामग्री पठायो
  • २०७८ भाद्र २८, १६: ३८

काठमाडौं : भारतले बाढी तथा पहिरो प्रभावित नेपालका नागरिकका लागि दोस्रो खेपमा ३७.५ टन मानवीय सहायता तथा विपद् राहत सामग्री,...