
विराटनगर । नेकपा (एकीकृत समाजवादी) को प्रदेश १ संसदीय दलको नेतामा राजेन्द्र राई चयन भएका छन्। प्रदेश संसदीय दलको बैठकले राईलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको हो। एमाले विभाजनपछि निर्वाचन नेकपा एसलाई नयाँ पार्टीको मान्यता दिने निर्वाचन आयोगको निर्णयसँगै प्रदेश १ का एमालदेका १० प्रदेश सभा सदस्य एमाले परित्याग गरी नेकपा एकीकृत समाजबादीमा लागेका थिए।
एमालेमा अब ४१ जना मात्र सांसद रहेका छन् । ५१ जना सांसद रहेको एमालेलाई अब नेकपा एस गठन भएसँगै एमालेको संसदीय दलको नेतामा चयन भएकै दिन प्रदेशको मुख्यमन्त्री भएका भिम आचार्य पनि अल्पमतमा परेका छन्। ९३ सदस्यीय प्रदेश १ प्रदेश सभामा कांग्रेसका २१ र माओबादी केन्द्रका १५ सांसद छन्।
रौतहट : रौतहटको देवाही गोनाही नगरपालिका–१ करुनियास्थित लालबकैया खोलामा नुहाउने क्रममा मंगलबार दिउँसो डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये एक बालक...
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा देशभरका युवालाई शुभकामना व्यक्त गर्दै युवाको ऊर्जा,...
काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठकमा नेपाली कांग्रेसका सांसद निश्कल राईले गणपूरक संख्यामाथि प्रश्न...