
काठमाडौं । सरकारले प्रतिनिधि सभाको २३ गते शुरु भएको १०औं अधिवेशनका हरेक बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले अबरोध गरे पनि नियमित प्रक्रियाबाट नै बजेट पारित गराउन मंगलबार सदन समक्ष विधेयक पेश गरेको छ।
अर्थमन्त्री जनार्दन शर्माले मंगलबार १ः१० बजे शुरु भएको प्रतिनिधि सभाको बैठकमा एमाले सांसदहरुको नाराबाजीका बीच नै विनियोजन विधेयक २०७८लाई विचार गरियोस भन्ने प्रस्ताव सदन समक्ष राखेका थिए।
उनले राखेको प्रस्तावमाथि नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले मात्र विचार राखेका थिए। सो प्रस्ताव सदनको बहुमतले स्वीकृत गरेको छ। सरकारले विधेयक प्रस्तुत गरेसँगै सदनबाटै विधेयक पारित गराउने तर्फ अघि बढेको स्पस्ट हुन्छ।
सरकारले बजेटमाथि सदनमा छलफल चलाएर बजेट कसरी पारित गराउने भन्ने विषय विपक्षी एमालेका सांसदको अबरोधले सकस निम्त्याएको छ। बजेट पारित नहुँदै सभामुख अग्नीप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठक असोज ४ गतेसम्मका लागि स्थगित गरेका छन्।
तर संशोधनसहित बजेट पारित नगरी बैठक असोज ४ गतेसम्मका लागि स्थगित भएको हो।
अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारले जेठ १५ गते ल्याएको अध्यादेशको प्रतिस्थापन विधेयक पारित नहुँदै संसद बैठक असोज ४ गतेसम्मका लागि स्थगित गरिँदा भदौ ३० गतेपछि सरकारले सरकारी खर्च कसरी गर्छ भन्ने संकट देखिएको छ।
प्रतिस्थापन विधेयक भदौ ३० गतेसम्म पारित नभएपछि स्वतः निष्क्रिय हुने देखिन्छ। अर्थमन्त्री जनार्दन शर्माले नियमित प्रक्रियाबाटै बजेट पारित गरेर अघि बढ्ने बताए। उनले कर उठाउने विशेष व्यवस्था भएकोले एक साता जति खर्च नहुने वा खर्च रोक्नुपर्ने अवस्था आउन सक्ने बताए।
पेश्की खर्च गर्नेतर्फ सरकार नलाग्ने भनदै मन्त्री शर्माले बजेट ल्याउन अर्को अध्यादेश नआउने र विधेयक पास गरेर नियमित प्रक्रियाबाटै आउने बताए।
भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित उत्साहित सुधार गृहमा एक युवकको मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको छ । सुधार गृहमा...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने...
काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...