
नयाँ विकल्प,
काठमाडौं– बुधवारदेखि हुने कक्षा १२ को परीक्षाको तयारी पूरा भएको छ ।
प्रत्येक विद्यार्थीले आ–आफ्नै विद्यालयबाट परीक्षा दिन पाउने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडेलले बताए ।
परीक्षा बोर्डका अध्यक्ष पौडेलका अनुसार कोरोना सङ्क्रमण पुष्टि भएका विद्यार्थीहरुलाई पछि छुट्टै व्यवस्था गरिनेछ ।
विद्यार्थीले आफू सङ्क्रमित भएको प्रमाणसहित परीक्षामा सामेल हुन नपाएको जानकारी गराउने विद्यार्थीलाई पछि पनि परीक्षा दिन पाउने व्यवस्था गरिने उनले बताए ।
परीक्षाका लागि तयार पारिएका प्रश्न पत्र भोलि अर्थात बुधवार बिहान साढे १० बजेसम्ममा अनलाइन माध्यमबाट हरेक परीक्षा केन्द्रमा पुर्याइने परीक्षा बोर्डका अध्यक्ष डा. पौडेलले बताए ।
यसअघि गएको जेठमा तय भएको परीक्षा साउन ३१ गतेदेखि सुरु गर्ने तयारी थियो ।
तर कोरोना जोखिमका कारण साउनमा पनि स्थगित गरिएको परीक्षा भोलिदेखि हुन लागेको हो ।
काठमाडौं : देशभर आज दिउँसो साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र...
काठमाडौं : प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बिहान ११ बजे सिंहदरबारमा बस्ने बैठकमा विभिन्न चार वटा मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित...
काठमाडौं : पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधिशद्वय नहकुल सुबेदी र बाबुराम ढकालको इजलासले...