एमाले निकट युवा संघका केन्द्रीय सदस्य रुसिल कटुवाल ठगीको अभियोगमा पक्राउ – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

एमाले निकट युवा संघका केन्द्रीय सदस्य रुसिल कटुवाल ठगीको अभियोगमा पक्राउ


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भ्रातृ संस्था युवा संघ नेपालका केन्द्रीय सदस्य रुसिल कटुवालाई ठगीको अभियोगमा महानगरिय अपराध महाशाखाले पक्राउ गरेको छ।


धरान उपमहानगरपालिका–९ घर भएका कटुवालले नुवाकोटका एक व्यक्तिसँग मोरङको केराबारीस्थित जग्गा देखाएर बैना रकम लिएर अर्कै व्यक्तिलाई जग्गा पास गरेका थिए। बैना रकम लिएर फिर्ता नगरेपछि पीडित नुवाकोटका उद्धवप्रसाद अधिकारीले उजुरी दिएका थिए।


अधिकारीसँग कुटवालले ६८ लाख ९० हजार बैना रकम लिएका थिए। जग्गा पनि पास नगर्ने र बैना बापतको रकम पनि फिर्ता नगरी सम्पर्कविहीन भएका कटुवाल केही समय अदालतबाट ‘पक्राउ नगर्नु’ भन्ने अन्तरिम आदेश लिएर बसेका थिए।


उच्च अदालत पाटनले सो आदेश खारेज गरेपछि महाशाखाबाट खटिएको टोलीले मंगलबार उनलाई पक्राउ गरेको हो। सो ठगी प्रकरणमा संलग्न मोरङ केराबारी घर भएका धीरजकुमार दाहाललाई प्रहरीले खोजी गरेको भए पनि हाल फरार छन्।

सम्बन्धित समाचार

भक्तपुरको सुधार गृहमा युवकको मृत्यु
भक्तपुरको सुधार गृहमा युवकको मृत्यु
  • २०७८ भाद्र ३०, १३: ०४

भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित उत्साहित सुधार गृहमा एक युवकको मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको छ । सुधार गृहमा...

महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन : कांग्रेस सभापति थापा
महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन : कांग्रेस सभापति थापा
  • २०७८ भाद्र ३०, १३: ०४

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने...

ग्यासको कालोबजारी रोक्न अनुगमन
ग्यासको कालोबजारी रोक्न अनुगमन
  • २०७८ भाद्र ३०, १३: ०४

काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...