
काठमाडौं । नेपाली काँग्रेसले १० वटा जिल्लाको क्रियाशील सदस्यता विवाद टुंगौ लगाएको छ। कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला संयोजक, मिनेन्द्र रिजाल र रमेश लेखक सदस्य रहेको कार्यदलले क्रियाशिल सदस्यता विवाद छानबिन केन्द्रीय समितिका सदस्यहरुको समन्वयमा बुधबारसम्म १० जिल्लाको बिबाद टुंगो लगाएको छानबिन समिति सदस्य प्रदीप पौडेलले जानकारी दिए।
उनका अनुसार प्रदेश १ को मोरङ, प्रदेश २ को पर्षा र महोत्तरी, बागमती प्रदेशको काठमाडौं, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक प्रदेश ५ को बपिलबस्तु र बर्दिया, र सुदूरपश्चिमको बाजुरा र कैलालीमा क्रियाशील सदस्यता विवाद टुंगिएको हो।
७७ मध्ये ५६ जिल्लाको क्रियाशिल सदस्यता बिबाद भदौ १५ गतेसम्ममा टुंगो लागेर वडा अधिवेशन सम्पन्न भइ सकेको छ। सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा जिल्ला कार्यसमितिको सहमति बिना केन्द्रीय कार्यालयबाट जथाभावी नाम थपेर सदस्यता वितरण गरेको भन्दै रामचन्द्र पौडेल पक्षले अस्वीकार गर्ने बताएका छन्।
२० जिल्लामध्ये १० जिल्लाको क्रियाशिल सदस्यता बिबाद टुंगोमा लागेसँगै अब १० जिल्ला सप्तरी, सिरहा, धनुषा, सर्लाही, रौतहट र बारा, बागमति प्रदेशको रसुवा, प्रदेश ५को वाँके र कर्णाली प्रदेशको सुर्खेत र डोल्पा जिल्लाको सदस्यता बिबाद जटिल बन्दै जाँदा अझै टुंगोमा पुगेको छैन।
क्रियाशिल सदस्यता छानबिन समितिले बिबाद टुंगोमा पुर्याएको जिल्लाको क्रियाशिल सदस्यहरुको नामावली पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेललाई बुझाई सकेको छ। तर, मुख्य सचिवले निर्वाचन समितिलाई ति जिल्लाको नामावली अझै बुझाएका छैनन्।
केन्द्रीय निर्वाचन समितिका संयोजक अधिवक्ता महादेव प्रसाद यादवले क्रियाशिल सदस्यता बिबाद टुंगोमा पुगेको भन्दै क्रियाशिल सदस्यहरुको नामावली अब आफूले किस्ताबन्दीमा नबुझ्ने अडान लिएका छन्। जसले गर्दा बिबाद टुंगो लागेका जिल्लाको क्रियाशिल सदस्यहरुको नामावली अझै प्रकाशित भएको छैन।
रसुवामा तत्कालीन नयाँ शक्ति, कपिलवस्तुमा संघीय फोरम र डोल्पामा राप्रपाबाट आएकाहरुको क्रियाशील सदस्यतामा विवाद छ भने बाँके र सुर्खेतमा मापदण्ड अनुसार बिबाद मिलाउन खोजे पनि नेता रामचन्द्र पौडेल पक्षले अश्वीकार हुने भन्दै अडान लिएको छ।
पार्टी पदाधिकारीहरुको बैठकले कार्यतालिका अनुसार गत भदौ १८ गते वडा अधिवेशन नभएका २० जिल्लाको हकमा असोज ५ गते वडा अधिवेशन गर्ने नयाँ मिति निर्धारण गरिसकेको छ भने भदौ २७ गते गर्ने भनिएको स्थानीय तह गाउँपालिका र नगरपालिकाको अधिवेशन असोज ९ गते एकै पटक गर्ने निर्णय गरिसकेको छ।
पार्टीले प्रदेश निर्वाचन क्षेत्रिय अधिवेशन र संघीय निर्वाचन क्षेत्रिय अधिवेशन क्रमशः असोज १२ गते र असोज १५ गते गर्ने निर्णय गरिसकेको छ।
एक भन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा असोज १० बाट असोज १८ का लागि सारिएको छ । तर, प्रदेशको अधिवेशन भने कात्तिक १० देखि १२ सम्म गरिनेछ भने मंसिर ९ देखि १३ मा महाधिवेशन गर्ने काँग्रेसको तयारी छ।
काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...
काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले राज्य सञ्चालनमा सरकारले ढंग पुर्याउन नसकेको टिप्पणी गरेका छन्...
काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले खाना पकाउने ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले पहल गरिरहेको...