
काठमाडौं । साताको अन्तिम दिन विहीबार शेयर बजार परिसूचक दुई घण्टामै ठूलो अंकमा घटेको छ । कारोबार खुलेसँगै घट्ने क्रममा देखिएको बजारमा २ बजेसम्म करिब ७० अंकले घटेको छ।
शेयर कारोबार मापक नेप्से परिसूचकमा उच्च अंकको गिरावट आउँदा मनकामाना स्मार्ट लघुवित्त बित्तिय संस्थाबाहेक सबै कम्नीको शेयर मुल्य घटेर बजार राताम्मै भएको छ। २ वटा म्युचुअल फण्ड र एउटा डिबेञ्चरको भने शेयर मुल्य बढेको छ।
नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा १२ करोडको सीमा निर्धारण गरेदेखि एक दिन मात्र उकालो लागेको शेयर बजार त्यसपछि र अघि राताम्मै भएर ओरालो लाग्ने क्रम रोकिएको छैन्।
बुधबार बाणिज्य बैंकहरुले निक्षेप घटेको र कर्जाको माग बृद्धि हुँदै गएको भन्दै निक्षेपमा व्याज बृद्धि गर्ने सूचना बाहिरिएको थियो भने बिहीबार मात्र नबिल बैंकले ९प्रतिशत माथि ब्याज दिने भनी सर्वजनिक बिज्ञापन गरेपछि शेयर बजार झन ओरालो लागेको हो।
काठमाडौं : विशेष अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा १५ लाख...
ललितपुर : नेपाली कांग्रेसले खाना पकाउने ग्यासको अभाव, विद्युत् खपतमा कर वृद्धि, रासायनिक मलको संकट, बजारमा बढ्दो महँगी तथा सरकारको...
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय (ओडिआई) कप्तान परिवर्तन गर्दै स्पिनर सन्दीप लामिछानेलाई नयाँ कप्तान...