
काठमाडौं । नेपाल राष्ट्र बैंकले शेयर धितो राखेर लिइने कर्जामा नियन्त्रण गर्दा ओरालो लागेको नेपालको शेयर बजार बैंकहरुले निक्षेप सुरक्षित गर्न ब्याज दर एक्कासी बढाएपछि शेयर बजारमा पहिरो गएको छ।
दुई सातादेखि ओरालो लागेको शेयर बजारले यो साताको अन्तिम कारोबार दिन बिहीबार समेत बजारले ओरालो बाटो पछ्याउँदै २८१२.३० बिन्दुमा झरेको छ। आज मात्र शेयर बजारमा ७६.६५ अंकले गिरावट आयो।
भदौ मसान्तको अवसर पारेर वाणिज्य बैंकहरुले व्याजदर बृद्धि गर्दै सार्वजनिक गरेका थिए। बैंकको व्याजदर बढेसँगै लगानीकर्ता निरास बनेका छन्।
बिहीबार २२९ कम्पनीको १ लाख १३ हजार ८ सय ७ वटा कारोबार हुँदा १ करोड ६४ लाख ६८ हजार ५ सय ८ कित्ता शेयर किनबेच भएको छ।
बिहीबार कारोबार रकममा भने बुधबारको तुलनामा वृद्धि भएको छ। यस दिन कुल ९ अर्ब ३ करोड ३९ लाख ६ सय २३ रुपैयाँ बराबरको कारोबार भएको छ।
बिहीबार सबै उपसमूह राताम्मे रह्यो । सबैभन्दा बढी वित्त, हाइड्रोपावर, विकास बैंक, होटेल तथा पर्यटन उपसमूहका लगानीकर्ताले गुमाए। मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्य सबैभन्दा बढी १० प्रतिशतले बढ्यो।
सबैभन्दा बढी गुमाउने कम्पनीमा कर्पोरेट डेभलपमेन्ट बैंक, श्री इन्भेष्टमेन्ट फाइनान्स, आईसीएफसी फाइनान्स, लिवर्टी इनर्जीलगायत कम्पनीका लगानीकर्ता छन्। बिहीबार अरुण भ्याली हाइड्रोपावर कम्पनीको शेयर सबैभन्दा बढी किनबेच भयो ।
काठमाडौं : भारतले बाढी तथा पहिरो प्रभावित नेपालका नागरिकका लागि दोस्रो खेपमा ३७.५ टन मानवीय सहायता तथा विपद् राहत सामग्री,...
काठमाडौँ : चीनको तिब्बत हुँदै रसुवाको भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाउनेको संख्या ३५९ पुगेको छ । नेपाल प्रहरीले दिएको...
काठमाडौं : सर्वोच्च अदालतले नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिटमा अन्तरकालीन आदेश...