
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका केही नेताले नेकपा एकीकृत समाजबादीको नेतृत्व गरिरहेका माधवकुमार नेपाललाई फर्कन आग्रह गरेको भनाईप्रति गम्भीर आपत्ति र असहमति जनाएका छन्।
नेकपा एमालेको काठमाडौं जिल्ला कमिटीले बिहीबार प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको भेलामा ‘कामरेड माधवको आवश्यकता पार्टी फेरि फुटाउन हो?’ भनी प्रश्न गरेका हुन्।
एमालेमा नेपालको आवश्यकता छ भनेर केही नेताले भनेको कुरा आफूले नबुझेको ओलीले बताए। उनले भने, ‘केही साथीहरु अहिले पनि भन्नुहुन्छ। माधव कामरेड आउनुुस्, तपाईँको आवश्यकता छ भनेर। फुटाउनलाई आवश्यकता छ उहाँको यहाँ? फेरि पार्टी फुटाउने? के गर्न आवश्यकता छ माधव कामरेडको म बुझदिन।’
प्रज्ञा प्रतिष्ठानमा आयोजित सोही कार्यक्रममा ओलीले बोल्नु अघि एमाले उपाध्यक्ष तथा वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सृदृढ एमालेका लागि नेपालको आवश्यकता रहेको भन्दै एमालेमा फर्कन आग्रह गरेकी थिइन्। ओलीले शाक्यको जवाफ दिदै यस्तो बताएका हुन्।
ओलीले आजैको कार्यक्रममा कसैले बोलेको भए त्यसको जवाफ नदिएको भन्दै व्यंग्य पनि गरे। कहिलेकाहीँ नेताहरुले नेपालको आवश्यकता छ भन्ने गरेकाले आफूले त्यसको जवाफ दिएको बताए। उनले लामो समय सँगै काम गरेर लोभ लाग्ने भए त्यसलाई बिर्सनु पर्ने बताए।
काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...
धनकुटा : धनकुटा उद्योग वाणिज्य सङ्घको वर्तमान कार्यसमितिले आफ्नो कार्यकालमा गरेका महत्वपूर्ण काम तथा उपलब्धि सार्वजनिक गरेको छ। सङ्घले शुक्रबार...
काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...