
काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा गत भदौ २५ गते भएको वडा अधिवेशन रद्ध गरी असोज ५ गते पुन अधिवेशन गराउन नेता रामचनद्र पौडेल पक्षले माग गरेको छ।
डडेलधुरा जिल्लाको वडा अधिवेशनमा क्रियाशिल सदस्यहरु सयौंको नाम हटाएर अन्यको नाम राखेर धाँदली गरेको भन्दै नेता पौडेलसहितका नेताले सभापति देउवासँग भेटेर गम्भीर आपत्ति जनाई सकेका थिए। बिहीबार भने नेताहरुले केन्द्रीय निर्वाचन समितिसँग यस्तो माग गरेका हुन्।
सभापति देउवाको गृह जिल्ला डडेलधुराका सभापति कर्ण मल्लले एक पक्षिय रुपमा वडा अधिवेशन भएको भन्दै आपत्ति जनाएपछि पार्टी उपसभापति विमलेन्द्र निधीले समेत सभापति देउवालाई पत्र लेख्दै निष्पक्ष रुपमा नयाँ अधिवेशनको मिति तोक्न माग गरेका थिए।
विहीबा निर्वाचन समितिका संयोजक महादेव यादवसहित निर्वाचन समितिका सदस्यहरुसँगको भेटमा नेता पौडेलले भदौ २५ को वडा अधिवेशन रद्ध गरी नयाँ कार्यतालिका अनुसार असोज ५ गते अन्य २० वडा जिल्लाको वडा अधिवेसनसँगै गर्न माग गरेका हुन्।
निर्वाचन समितिसमक्ष आफ्नो असहमति राखेर आएका नेता शेखर कोइरालाले कांग्रेसको ७५ वर्षे इतिहासमा प्रहरी प्रशासनको बलमा कहिल्यै पनि कतै पवनि अधिवेशन नभएको अवस्थामा सभापति तथा प्रधानमन्त्रीकै गृह जिल्लामा यस्तो हुनु लुर्भाग्यपूर्ण भएको प्रतिक्रिया दिएका छन्।
निर्वाचन समितिका संयोजक यादवले भने निर्वाचन अधिकृतलाई बोलाएर जानकारी लिने र आवश्यक निर्णय गर्ने बताएका थिए। भेटमा पौडेल समूहले डडेल्धुरामा भदौ २५ गते भएको वडा अधिवेशन आफूहरुले नस्वीकार्ने भन्दै आएको छ।
निर्वाचन समितिका संयोजक र सदस्यसँग छलफल गर्न नेता पौडेलसहित महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य डा. शेखर कोइराला, सुजाता कोइराला, गगन थापालगायत पार्टी केन्द्रीय कार्यालय सानेपामा गएका थिए।
कांग्रेसको १४ औं महाधिवेशन मंसिर ९–१३ सम्म काठमाडौंमा हुँदैछ । १८ भदौदेखि कांग्रेसको वडा अधिवेशन शुरु भए पनि २० जिल्लाको क्रियाशिल सदस्यता बिबाद समाधान हुन नसकेपछि ति जिल्लाको वडा अधिवेशन ५ असोजमा गर्ने गरी महाधिवेशनको प्रदेश र केन्द्रीय महाधिवेशनको कार्यतालिका केही पर सारिएको थियो।
भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित उत्साहित सुधार गृहमा एक युवकको मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको छ । सुधार गृहमा...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने...
काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...