महाधिवेशनको गृहकार्यमा देउवाः बालुवाटारमा बोलाए पौडेल समूहका नेतालाई – Naya Bikalpa
August 7, 2026, Friday      Epaper

महाधिवेशनको गृहकार्यमा देउवाः बालुवाटारमा बोलाए पौडेल समूहका नेतालाई


काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आसन्न महाधिवेशको पूर्वतयारी तथा गृहकार्यको लागि पार्टीका शीर्ष नेताहरुसँग छलफल शुरु गरेका छन्।


प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सभापति शुक्रबार दिउँसो तीन बजेबाट सभापति देउवाले पार्टी नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला र पूर्णबहादुर खड्काबीच छलफल गरेका छन्। यसअघि आजै देउवाले नेता डा. मिनेन्द्र रिजालसँग भेटवार्ता गरि बालुवाटारबाट बाहिरिएका थिए।

सभापति देउवाले विहीबार साँझ मात्र पौडेल समूहका नेता पूर्वमहामन्त्री प्रकाशमान सिंहसँग वान टू वान वार्ता गरेका थिए। सभापतिका दाबेदार सिंहले देउवासँग वान टू वान संवाद गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। भेटमा नेता सिंहले मन्त्रिपरिषद् बिस्तार गर्दा काठमाडौ जिल्लाको प्रतिनिधित्व नछुटाउन देउवासँग आग्रह गरेका थिए।

दुई नेताबीचको भेट महाधिवेशनको समीकरण वा गठबन्धनको विषय नभएको स्रोतले बतायो। क्रियाशील सदस्यता विवाद टुंग्याउन बाँकी १० जिल्लाका सन्दर्भमा छलफल भएको स्रोतले बतायो।

पार्टीको क्रियाशिल सदस्यता केन्द्रीय छानविन समितिले टुंगो लगाउन नसकेको जिल्लाहरुको क्रियाशिल सदस्यता बिबाद समाधान गर्न जिम्मेवारी पाएको पूर्वमन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदलले २१ मध्ये ११ जिल्लाको बिबाद समाधान गरे पनि अझै १० जिल्लाको बिबाद वाँकी छ।

सुर्खेत, डोल्पा, रसुवा, बाँके –१, बारा, रौतहट, सर्लाही–२, धनुषा–४, सिरहा र सप्तरीको क्रियाशील सदस्यता विवाद टुंगिएको छैन। २० जिल्लाका लागि असोज ५ गते तय गरिएको वडा अधिवेशन फेरि प्रभावित हुने अवस्था आएको छ।

भदौ १८ गतेदेखि २५ गतेसम्म ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ भने क्रियाशील सदस्यता विवादका कारण २० जिल्लामा महाधिवेशन असोज ५ गते गर्ने नयाँ मिति तोकिएको छ। निर्वाचन समितिका संयोजक महादेव यादवले शनिबारसम्म सदस्यताको सूची नपाए ५ गते पनि २० जिल्लामा अधिवेशन गर्न नसकिने बताएका छन्।

विवाद टुंगिएका काठमाडौं, मोरङ, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, बाजुरा, कपिलवस्तु, कैलाली महोत्तरी, पर्षा र बर्दियामा निर्वाचन अधिकृत खटाइएको छ। क्रियाशील सदस्यता छानविन समितिका सदस्य प्रदीप पौडेलले शनिबारसम्ममा सबै जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक हुने बताए।

सम्बन्धित समाचार

देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
  • २०७८ आश्विन १, १६: ३६

काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...

सत्तारुढ सांसद नै भन्छन्- राज्य सञ्चालन गर्न सरकारको ढंग पुगेन
सत्तारुढ सांसद नै भन्छन्- राज्य सञ्चालन गर्न सरकारको ढंग पुगेन
  • २०७८ आश्विन १, १६: ३६

काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले राज्य सञ्चालनमा सरकारले ढंग पुर्‍याउन नसकेको टिप्पणी गरेका छन्...

ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरत : उद्योगमन्त्री
ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरत : उद्योगमन्त्री
  • २०७८ आश्विन १, १६: ३६

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले खाना पकाउने ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले पहल गरिरहेको...