
काठमाडौं । प्रतिनिधि सभाबाट सोमबार विनियोजन विधेयक बहुमतले पारित भएको छ।
संसदमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले नाराबाजी गर्दै रोष्टम घेरे पनि प्रतिनिधिसभाले विनियोजन विधेयक बहुमतले पारित गरेको हो। विधेयकको मन्त्रालयत शीर्षकमाथिको छलफलमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले मात्र बोलेको थिए।
नेमकिपाका सांसद सुवालले राखेको बजेटको खर्च कटौतिको प्रस्ताव बहुमतले अश्वीकृत भएको थियो। एमालेका सांसदको नाराबाजीबीच अर्थमन्त्री जनार्दन शर्माले सदन समक्ष निर्णयार्थ पेश गरेको विधेयक बहुमतले पारित भएको हो।
प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरु नारावाजीमा केन्द्रित भएका कारण बिधेयकमाथिको छलफलमा नेकपाकिपाबाहेक कुनै पनि दलका सांसदले छलफलमा भाग लिएनन्।
सांसद सुवालले प्रत्येक युवालाई सैन्य तालिम दिएर देशको रक्षामा लगाउनुपर्ने, एमसीसी जस्ता परियोजनालाई अगाडि बढाउन नहुने, पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई मेलम्ची पदक दिनु पर्ने, विद्युतको ३५ अर्ब बक्यौता नतिर्ने ठूला ब्यापारीलाई कारबाही गर्नु पर्ने, हरियो बनलाई तस्करको धन हुनबाट जोगाउनु पर्ने लगायतका सुझाव दिएका थिए।
उनले वाइडबडी जहाज प्रकरण, तारागाउँ विकास समितिको जग्गा भाडा प्रकरणको भ्रष्टाचार छानबिनका विषयमा अर्थमन्त्री शर्मालाई प्रश्न गरेका थिए।
अर्थमन्त्री शर्माले सोमबारकै बैठकमा आर्थिक विधेयक २०७८ र राष्ट्रऋण उठाउने बिधेयक २०७८लाई सदनमा विचार गरियोस भनी प्रस्ताव गरेका छन्। उनको दुवै प्रस्ताव पनि सदनको बहुमतले स्वीकृत गरेको थियो।
दुवै विधेयकको सैद्धान्तिक पक्षमाथिको छलफलमा भाग लिँदै नेमकिपाका सांसद प्रेम सुवालले बैदेशिक ऋणले नेपालीको आर्थिक अवस्था झन कमजोर भएको भन्दै खर्बपति नेपालीहरु यही संसदको सदस्य भए पनि कर तिरेको सार्वजनिक गर्न नसकेको तर्फ ध्यानाकर्षण गराए। उनले गरिवलाई दण्ड, जरिवाना राज्यले तिराउने गरे पनि पूँजीपति र ठूला उद्योगी र व्यवसायीलाई करको दायरमा ल्याउन नसकेको बताए।
प्रतिनिधसभाको अर्को बैठक असोज ७ गते विहीबार बस्ने भएको छ। सदनले सोमबार स्वीकृत गरेका विधेयकमाथि शंसोधानको प्रस्ताव हाल्ने समय पनि असोज ७ गतेसम्म तोकिएको छ।
काठमाडौं : विशेष अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा १५ लाख...
ललितपुर : नेपाली कांग्रेसले खाना पकाउने ग्यासको अभाव, विद्युत् खपतमा कर वृद्धि, रासायनिक मलको संकट, बजारमा बढ्दो महँगी तथा सरकारको...
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय (ओडिआई) कप्तान परिवर्तन गर्दै स्पिनर सन्दीप लामिछानेलाई नयाँ कप्तान...