
काठमाडौं । प्रतिनिधि सभाबाट बिनियोजन बिधेयक पारित भएकै दिन सेयर बजार भने एक सय १४ अंकले घटेर राताम्मै भएको छ। शेयर कारोबार गर्नेहरुमा प्यानिक सेल आउँदा शेयर बजारमा पहिरो गएको हो।
सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक १ सय १४ दशमलव २ अंकले घटेर २ हजार ७ सय तल झरेको छ। करिव साडे ८ अर्ब रुपैयाँ बराबरको कारोबार भएको दिन आज बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य रकमको अभावको असर सेयर बजारमा देखिएको बजारका विश्लेषकहरु बताउँछन्।
नेपाल राष्ट्र बैंकले शेयर धितो राखेर लिने कर्जामा नियन्त्रण गर्ने गरी मौद्रिक नीति लिएपछि घट्न थालेको शेयर बजारमा असोज एक गतेदेखि लागू हुने गरी वाणिज्य बैंकहरुले निक्षेपमा ब्याज दर उच्च गरेपछि शेयर बजारमा पहिरो जान थालेको हो। सरकारले निर्धारित समयमै बजेट पास गर्न नसक्दा भदौ ३१ गतेदेखि बजेट हेलिडेका कारण त्यसका असर पनि शेयर बजारमा देखिएको जानकारहरु बताउँछन्।
सोमबार धेरै गुमाउनेमा फाइनान्स कम्पनीहरू छन्। गुडबिल फाइनान्स, पोखरा फाइनान्स, आईसीएफसी फाइनान्स, प्रोगेसिभ फाइनान्स लगायतका कम्पनीहरूको सेयर मूल्यमा १० प्रतिशतसम्म गिरावट आएको छ।
यस्तै, जलविद्यतुमा जोशी हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ भने हिमालयन पावर पार्टनर, घलेम्दी हाइड्रो, माउन्टेन इनर्जी लगायतका कम्पनीको सेयर मूल्यमा पनि भारी अंकले घटेको छ।
कोरोना महामारीका बेला बैंक तथा वित्तीय संस्थाहरुमा पर्याप्त तरलताले शेयर बजारमा असर पारेका छ। गत वर्ष यही अवधिमा कबिर २ सय अर्ब हाराहारीमा तरलता थियो। तर अहिले २० अर्ब रुपैयाँमात्रै तरलता रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
बैंकमा नगदको अभाव भएपछि बैंकहरुले निक्षेपको ब्याजदर समेत बढाएका थिए। सनराइज बैंकले मुद्दति निक्षेपमा १० प्रतिशतमाथि ब्याजदर तोकेको छ। बैंकहरुले आकर्षक ब्याजदर दिन थालेपछि त्यसको असर शेयर बजारसम्म आइपुगेको लगानीकर्ताहरुको तर्क छ।
काठमाडौं : देशभर आज दिउँसो साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र...
काठमाडौं : प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बिहान ११ बजे सिंहदरबारमा बस्ने बैठकमा विभिन्न चार वटा मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित...
काठमाडौं : पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधिशद्वय नहकुल सुबेदी र बाबुराम ढकालको इजलासले...