
काठमाडौं । विगत एक महिनादेखि लगातार घट्दै आएको शेयर बजार मंगलबार भने १३.८३ अंकले बढेर २७१२.०७ बिन्दुमा पुगेको छ।
भदौ ३ गते बढेर ३२०० अंकको विन्दु पुगेको नेप्सेमा भदौ ४ गतेबाट भने घट्न सुरु भएको थियो। पछिल्लो १९ कारोबार दिनमा नै ५०० अंकभन्दा बढीले शेयर बजारमा गिरावट आएको थियो।
मंगलबार सुरुवातदेखि नै तीव्र उतारचढाव देखिएको नेप्सेमा १५० अंकभन्दा बढीले तलमाथि भएको छ । कारोबार सुरुवातमा ८३ अंकभन्दा माथिको गिरावट भए पनि करिव १ घण्टापछि नेप्से बढ्न थालेको थियो।
नेप्से परिसूचकमा वृद्धि भए पनि आज कारोबार रकम भने सोमबारको तुलनमा घटेको छ। आज नेप्सेमा एक करोड ३५ लाख ६ हजार ६१ कित्ता सेयर खरिद–बिक्री हुँदा सात अर्ब ३६ करोड ४७ लाख ९९ हजार रुपैयाँको कारोबार भएको छ।
नेप्सेमा व्यापार, वित्त कम्पनी, उत्पादनमूलक र म्युचुअल फन्डबाहेक सबै उपसूचक बढेका छन्। व्यापार उपसूचकमा सर्वाधिक १.६१ प्रतिशतको गिरावट हुँदा वित्त कम्पनी उपसूचक ०.७५ प्रतिशतले बढेको छ। बैंकिङ उपसूचकमा ०.२ प्रतिशतको सामान्य वृद्धि हुँदा होटेल तथा पर्यटन उपसूचक २.३८ प्रतिशत, लगानी उपसूचक १.३७ प्रतिशत र जीवन बिमा उपसूचक १.३३ प्रतिशतले वृद्धि भएको छ।
मंगलबार अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक २५ करोड, नबिल बैंक साढे २० करोड, नेपाल इन्फ्रास्ट्रक्चर बैंक र हिमालयन डिस्टिलरीको समान २० –२० करोड रुपैयाँको कारोबार भयो। आज १८५ कम्पनीको सेयर कारोबार हुँदा १२२ कम्पनीको सेयर मूल्यमा वृद्धि भयो भने ५४ कम्पनीको भने सेयर मूल्य घटेको छ। ९ कम्पनीको सेयर मूल्य स्थिर भयो।
कारोबारमा आएको मध्ये मनकामना स्मार्ट लघुवित्तको सेयर मूलय सर्किट लेभलमा बढ्यो भने रुरु जलविद्युत् कम्पनीको सेयर मूल्य ५.७८ प्रतिशत, नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर मूल्य ४.६६ प्रतिशत र लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालको सेयर मूल्य ४.२८ प्रतिशतले बढेको छ।
एक्सेल डेभलपमेन्ट बैंकको सेयर मूल्य सवाधिक ३.४२ प्रतिशतले गिरावट भयो भने जानकी फाइनान्सको सेयर ३.२६ प्रतिशत, माउन्टेन इनर्जीको सेयर २.९४ प्रतिशतले घटेको छ।
काठमाडौं : पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधिशद्वय नहकुल सुबेदी र बाबुराम ढकालको इजलासले...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकार सञ्चालनमा देखिएको शासकीय अराजकता, विधिको शासन, आर्थिक अनुशासन, नागरिकका दैनिक समस्या...
काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले संवाद र सरोकारवालाको सुझावका आधारमा शिक्षा क्षेत्रका समस्याको दीगो नीतिगत समाधान खोज्ने बताएका...